सात वर्षपछि हवाई भाडा समायोजन

सात वर्षपछि हवाई भाडा समायोजन

दुनै,डोल्पा : कर्णालीका जिल्लामा जहाजको हवाई भाडादर समायोजन भएको छ।नेपाल नागरिक उड्‍ड्यन प्राधिकरणले दुर्गम तथा हिमाली जिल्लामा सात वर्षपछि भाडादर पुनरावलोकन गरेको हो।नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार नेपालगञ्ज डोल्पाको भाडादर ५ हजार ३ सय १० तोकेको छ।यसभन्दा पहिले नेपालगञ्ज-डोल्पा ८ हजार ८ सय १५ रुपैयाँ थियो।

त्यसैगरी नेपालगञ्ज-सिमिकोट ७ हजार १ सय ९०, रारा ५ हजार ८ सय ४०,जुम्ला र बाजुराका लागि ५ हजार ४ सय ४० एकतर्फी भाडादर कायम भएको छ।हाल कायम भएको भाडादरमा ३२ प्रतिशतले कम भएको प्राधिकरणले जनाएको छ। 

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले भने ३५ प्रतिशत भाडा बढाएको छ। यसबाट नियमित सेडुअलका उड्‌डयन भर्दा बिमान कम्पनीलाई घाटा भने लाग्ने छैन।डोल्पाबाट नेपालगञ्जका लागि ३ हजार ८ सय १५ रुपैयाँ भाडादरमा बढेर ५ हजार एक सय भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारी दिएको छ।अब यात्रुले नियमित उडानमा यात्रा गर्न पाउने भएका कारण दुर्गम तथा कर्णालीका जिल्लामा हवाई उडानमा समस्या नहुने बताए। 

अब कर्णाली तथा दुर्गम हिमाली जिल्लामा नियमित सेडुलका उडान गरी चार्टर उडान बन्द हुने नेपाल नागरिक उड्‍ड्यन प्राधिकरणले जानकारी दिएको छ। 

कर्णालीलगायतका दुर्गम जिल्लामा भाडादर पुनरावलोकन गरिएको र बिमान कम्पनीसँगको सम्झौता अनुसार चार्टर उडान बन्द गरी सेडुलका उडान भर्ने निर्णय भएको नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार दुर्गम क्षेत्रको भाडादर पुनरावलोकन तथा समायोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गएको वैशाख २६ गते मन्त्रीस्तरीय बैठकबाट स्वीकृत गरेको बताए। 

कर्णाली तथा दुर्गम हिमाली जिल्लामा तारा,गोमा,सिता,मकालु र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्। लामो समयदेखि कर्णालीका जिल्लामा उडान भर्दै आएको तारा एयरले अब चार्टर उडान नभर्ने र सेडुअलका मात्र उडान भर्ने तारा एयरका नेपालगञ्ज स्टेसन प्रमुख दिलिप कार्कीले बताए। उनले भने,' नियमित सेडुलबाटै यात्रुलाई सेवा प्रदान गरिन्छ तर कसैले नीजि रुपमा चार्टर गर्न भने पाउनेछन्।'

नेपाल नागरिक उड्‍डयन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा नेपालगञ्ज बिमानस्थलबाट दुर्गम तथा कर्णालीका जिल्लामा ४१ हजार उडान भरेका छन्। जम्मा उडानको लगभग आठ हजार उडान मात्र सेडुअलका भएका र अन्य सबै चार्टर उडान भएको तथ्यांक प्राधिकरणका नेपालगञ्ज प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.