ऊर्जामन्त्री पुन र अमेरिकी राजदूतबीच भेटवार्ता

ऊर्जामन्त्री पुन र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं : ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्री बर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा बिहीबार भएको भेटर्वार्तामा दुई देशको हित र चासोका विषयमा छलफल भएको छ। 

मन्त्री पुनसँगको भेटमा अमेरिकी राजदूतले ऊर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताएकी छिन्।  मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसीसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए। भेटमा एमसीसी एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए।

नेपाल कम्युस्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसीसीसँग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी ऊर्जामन्त्रालयले गरेको बताए। उनले त्यसका लागि सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत व्यक्त गरेका छन्।

‘एमसिसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम हो। यो भन्दा बढी महत्वकांक्षी बुटवल-अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौँ’, मन्त्री पुनले भने।

एमसीसीलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारी समेत दिए। नेपालमा राजनीतिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आग्रह गरे।

मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पाँच वर्षभित्र निर्माण सक्नुपर्ने प्रावधानबारे आफू जानकार रहेको भन्दै पूर्व तयारीको काम पनि समयभित्र पुरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताए।एमसिसी एसिया मामिला डेपुटी भाइस चेयरम्यान  ब्रुक्सले एमसीसी वैदेशिक लगानीको सूचकका रुपमा भएको बताए। उनले यसलाई संसदबाट अनुमोदन गर्न सके त्यसले परियोजना कार्यान्वयनमा सजिलो हुने धारणा समेत राखेका थिए।

एमसिसी नेपाल कमप्याक्ट परियोजनअन्र्तगत अमेरिकाले नेपालको ऊर्जा र सडक निर्माणमा ५० अर्ब बराबरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ। एमसीसी कम्याक्टअन्र्तगत अमेरिकाले प्रशारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ। एमसीसीअन्र्तगत रातोमाटे-दमौली,दमौली-वुटवल,वुटवल-हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म ४ सय केबीको प्रशारण लाइन निर्माण हुनेछ। त्यसैगरी बुटवलदेखी सुनौलीसम्म अन्तरदेशीय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.