गुडिरहेको बसमा एक्कासी आगलागी

गुडिरहेको बसमा एक्कासी आगलागी

गुलरिया : काठमांडौबाट डढेल्धुरातर्फ जाँदै गरेको बा ४ ख ८४९२ नम्बरको यात्रुबाहक बसमा एक्कासी आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बाँसगढी नगरपालिका–३स्थित उत्तरभखारी भन्ने ठाउँमा बसको टायर घर्षणका कारण आगलागी भएको हो ।

    
शनिबार बिहान गुडिरहेको बसमा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । आगलागीबाट कुनै मानीिय क्षति नभए पनि बसमा भने क्षति पुगेको प्रहरी उपरीक्षक भट्टराइले बताए ।

 टायरको घर्षण धेरै भएकाले आगलागी हुन गएको प्रहरीको भनाइ छ । कोहलपुरबाट आएको दमकल, बाँसगढी प्रहरी लगायत स्थानीयको सहकार्यमा आगो नियन्त्रणमा आएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.