बीपी राजमार्गमा पनि ठूला गाडी चल्ने

बीपी राजमार्गमा पनि ठूला गाडी चल्ने

काठमाडौं : बीपी राजमार्गमा मंगलबारदेखि ३२ सिट क्षमतासम्मका बस गुड्ने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सोमबार बीपी राजमार्गमा ३२ सिट क्षमताको बसलाई रुट इजाजत दिने निर्णय गरेको छ।

मन्त्री महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी, सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल र यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहसहितको टोलीसँगको छलफलपछि बीपी राजमार्गमा ठूला बसलाई रुट इजाजत दिने निर्णय गरेका हुन्। बीपी राजमार्ग निकै साँघुरो छ।

जटिल भौगोलिक अवस्थामा निर्माण भएको बीपी राजमार्गमा सरकारले यसअघि १८ सिट क्षमतासम्मका बसलाई मात्र रुट इजाजत दिँदै आएको थियो। विशेष प्रकृतिको अवस्था (विवाह, भ्रमण) तथा टुक्र्याउन नमिल्ने निर्माण समग्रीको ढुवानीका लागि सम्बन्धित कार्यालको पत्रका आधारमा विभागले अस्थायी रुट इजाजत दिने गरेको थियो।

मंगलबारदेखि अधिकतमा ४२ सय २५ एमएमको ह्वील वेस भएको सवारी र १६ हजार दुई सय समग्र तौल भएको सवारीलाई रुट इजाजत दिने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए। ‘बीपी राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म यात्रुवहाक सवारी र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मलाबहाक सवारीलाई रुट इजाजत दिने निर्णय भएको हो’, अर्यालले भने। पछिल्लो समय जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १८ सिट क्षमताभन्दा ठूला सवारीसाधन चलाउनेमाथिको कारबाही तीव्र पारेको थियो। सो खण्ड भएर चल्ने सवारीलाई प्रशासनले दुःख दिएको भन्दै यातायात व्यवसायीले ठूला गाडीलाई रुट इजाजत दिन मन्त्रीलाई दबाब दिन सुरु गरेका थिए। मन्त्रीले व्यवसायीको दबाबमा परेर साँघुरो बीपी राजमार्गमा ठूला सवारीलाई रुट इजाजत दिने निर्णय गरेको जानकार बताउँछन्।

जापान सरकारको आर्थिक सहयोगमा सन् १९९६ (२०५२) सालदेखि बीपी राजमार्गलाई चार खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो। सडक भिरालो पहाडलाई स्लोपिङ गरेर निमार्ण गरिएको बीपी राजमार्ग एक सय ६० किलोमिटर लामो छ। यस अन्तर्गत पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ किमि, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किमि सडक, तेस्रो खण्ड खुर्कोट–नेपालथोक ३६.५ किमि र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किमि खण्डमा सडक निर्माण सम्पन्न गरिएको छ।

धुलीखेल–खुर्कोटको ८६.५ किलो मिटर सडकखण्डमा यसअघि पनि ठूला गाडी रुट इजाजतसहित सञ्चालनमा छन्। यस खण्डमा १८ सिटभन्दा ठूला गाडी चलाउन नसकिने अवस्थामा देखिएकाले रुट इजाजतमै सवारी चल्ने गरेको विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले बताए। खुर्कोट–सिन्धुलीमाढी खण्डमा अत्यावस्यक अवस्थाबाहेक ठूला सवारीलाई रुट इजाजत दिने नगरिएको उनले दाबी गरे।

‘यो सडक खण्डको चौडाई जम्मा ४ मिटरको मात्र छ, यो खण्डको भार क्षमता भनेको १० टनको मात्र हो’, सिंहले भने, ‘ठूला गाडी चलाउँदा दुर्घटना बढ्छ र सडक बिग्रन्छ।’ गोविन्द्र खरेल नेतृत्वको टोलीले विभागको बुझाएको प्रतिवेदनमा खुर्कोट–सिन्धुलीमाढी खण्डमा १८ सिट क्षमता र १० टनभन्दा माथिको भार क्षमतको सवारी चलाउन नहुने उल्लेख छ। ठूला सवारीसाधन चलाउँदा सडकको सौन्दर्य बिग्रनुका साथै सडक दुर्घटना बढ्ने प्रतिवेदनमा उल्लेख छ। त्यही प्रतिवेदनलाई आधारमानी विभागले यस अघि सो सडक खण्डमा ठूला गाडीलाई स्थायी रुट इजाजत मात्र दिने गरेको थियो।

‘साना गाडीको भाडा पनि महँगो छ, साना गाडी पूर्ण सिट क्षमतामै गुड्ने गरेका छन्,’ सिंहले भने, ‘सुरुकै स्थानबाट गाडी भरिने भएकाले स्थानीयले सडकको पूर्ण रूपले सुविधा उपयोग गर्न सकेका छैनन्।’ जनप्रतिनिधि, स्थानीय, यातायात व्यवसायीको ठूला गाडी चल्नुपर्ने मागको कारण रुट इजाजत दिइएको हो। ठूला गाडी सञ्चालन नभएकाले सडकको क्षमताको परीक्षण भएको छैन। ठूला गाडी सञ्चालन भएपछि मात्र सडकको क्षमताको बारेमा यकिन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.