बजेटमा सडक परेपछि स्थानीय खुसी

बजेटमा सडक परेपछि स्थानीय खुसी

दुनै : संघीय सरकारको आर्थिक वर्ष ०७५÷७६ को बजेटमा डोल्पाका सडक प्राथमिकतामा परेपछि डोल्पाका नागरिक खुसी भएका छन्।हालसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको डोल्पाका नागरिक संघीय सरकारले डोल्पाका सडक प्राथमिकतामा राखेपछि हर्षित भएका हुन्।

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत सडकलाई डोल्पा जिल्लासम्म जोड्नुका साथै कर्णाली राजमार्ग डोल्पाको सदरमुकाम दुनैसम्म जोडी दुनैबाट चीनसँगको सीमानाका मरिम्मलासम्म जोड्न सरकारले बजेटसहित विशेष प्राथमिकतामा राखिएको छ।बजेट यति नै भनेर विनियोजन नगरे पनि चीनको मरिम्ला नाकाबाट भारतको जमुनाहा र चीनलाई सडक सञ्जालसँग जोड्ने सबैभन्दा छोटो नाका तथा राजमार्ग पर्छ ।

भौगोलिक विकटताका कारण डोल्पामा सडक विस्तार गर्न सबैभन्दा कठिन रहेको बेलामा सरकारले डोल्पाका सडकलाई विशेष प्राथमिकता दिनु डोल्पाका नागरिकका लागि सौभाग्य भएको योगेन्द्र बुढाले बताए।उनले भने, ‘अब डोल्पामा सडक विस्तार द्रुतगतिमा हुनेमा आशावादी छांै किनकि संघीय सरकारकै प्राथमिकतामा प¥यो ।’

प्रधानमन्त्री केपी ओलीले डोल्पा पुगेका बेला एक वर्षभित्र राष्ट्रिय सडक सञ्जालामा डोल्पा जोड्न कुनै पनि कसुर नरहने बताएको बेला संघीय सरकारले डोल्पाका सडकलाई विशेष प्राथमिकतामा राख्नु डोल्पाका नागरिकका लागि खुसीको कुरा भएको हंशबहादुर शाहीले बताए।उनले भने, ‘भारतको जमुनाहा नाकादेखि चीनको मरिम्ला नाकासम्म सीधा सडक सञ्चालनमा ल्याई व्यापारिक केन्द्र डोल्पा बनाए सरकारलाई फाइदा हुनेछ ।’

हाल दुनैबाट धो मरिम्ला सडक निर्माणाधीन अवस्थामा छ।डोल्पामा कडा चट्टान र भीरपहराले सडक निर्माणमा निकै कठिन रहेको जाजरकोट डोल्पा सडकखण्डमा कार्यरत सेनाले बताएको छ।संघीय सरकारले डोल्पाका चीनसँग जोड्ने सडक प्राथमिकतामा राखेपछि अब डोल्पाका नागरिकले राष्ट्रिय सडकमा जोडिने सपना पूरा गर्ने आशा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.