मुक्तिनाथ–तिलिचोताल पदमार्ग पहिचान

मुक्तिनाथ–तिलिचोताल पदमार्ग पहिचान

बेनी : पर्यटन व्यवसायीले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट विश्वको सबभन्दा अग्लो स्थानमा रहेको ताल तिलिचो जोड्ने पदमार्ग पहिचान गरेका छन् । मनाङको नेस्याङ गाउँपालिका–९ पर्ने तिलिचो समुद्र समहदेखि ४ हजार ९ सय ५४ मिटरमा अवस्थित छ । उपल्लो मनाङको खासार, तारेगुम्बा, श्रीखर्क हँुदै नियमित रूपमा स्वदेशी तथा विदेशी पर्यटक तिलिचो पुग्ने गरेका छन् ।

पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङ सदरमुकाम जोमसोम, ठिनी, मोसोकोण्डो भञ्याङ हुँदै ताल पुग्ने नयाँ पदमार्ग पहिचान गरेपछि दुवै जिल्लाबाट पर्यटक त्यहाँ पुग्ने गरेका थिए । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने पर्यटकलाई लक्ष्य गरी नयाँ पदमार्ग पहिचान गरिएको पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए । ‘तिलिचो पुगेर मुक्तिनाथ आउन चाहने पर्यटक जोमसोम पुगेर फेरि माथि आउनुपर्ने बाध्यता थियो । त्यही समस्यालाई ध्यानमा राखेर नयाँ पदमार्ग खोज्नुपरेको हो’, व्यवसायी गुरुङले भने, ‘अब मुक्तिनाथ आएका पर्यटक तिलिचो पुग्न र तिलिचो आएका पर्यटक मुक्तिनाथ आउन सजिलो भएको छ ।’

तिलिचो ताल धार्मिक हिसाबले महŒवपूर्ण मानिन्छ । भगवान् शिवले तपस्या गरेको र कागबेनी ऋषिले ज्ञान प्राप्त गरेको धार्मिक मान्यता छ । ‘तिलिचो ताल पर्यटक मात्र नभएर धार्मिक पर्यटक पनि पुग्छन् । तिलिचो र मुक्तिनाथसँगै दर्शन गर्न सम्भव भएको छ’, व्यवसायी गुरुङले भने । नयाँ पदमार्ग पहिचानपछि तिलिचो पुगेका पर्यटक एकै दिनमा मुक्तिनाथ झर्न सक्छन् । तर, मुक्तिनाथबाट तिलिचो जाने पर्यटक रिसाम्बा भन्ने स्थानमा अस्थायी सेल्टर बनाएर बास बस्नुपर्ने हुन्छ । मुक्तिनाथबाट डारिङ, लिरिहुँदै रिसाम्बा पुगेर बास बसेपछि भोलिपल्ट ५२ सय मिटरको मुख्य भञ्ज्याङ पार गरेपछि तालमा पुग्न सकिन्छ । त्यही दिन रिसाम्बामा आएर बास बस्ने र अर्को दिन मुक्तिनाथ फर्कन सकिने व्यवसायीले जानकारी दिएका छन् ।

मुक्तिनाथ–तिलिचो पदमार्ग एड्भेञ्चर टे«क हुने अर्का पर्यटन व्यवसायी सोनाम लामाको भनाइ छ । ‘पहिला हाम्रा पूर्वज यही मार्ग हँुदै मनाङ जान्थे । त्यसलाई केही स्तरोन्नति गर्नुपर्ने छ भने अस्थायी सेल्टर पनि बनाउनुपर्ने छ’, व्यवसायी लामाले भने, ‘मुक्तिनाथ र तिलिचोलाई जोड्न सकियो भने मुक्तिनाथको पर्यटन पनि उच्च हुँदै जान्छ ।’ यो रुटमा जाने पर्यटकले भोजन र बासको व्यवस्था आफैंले गर्नुपर्ने हुन्छ । ‘होटल व्यवसाय विस्तारबारे हामीले सोचेका छौं । तर, यहाँको पदमार्गलाई व्यवस्थित बनाउन एक्याप र सरकारी निकायले सहयोग गर्नुपर्छ’, व्यवसायी लामाले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.