हराएका ४ बालक भारतमा भेटिए

हराएका ४  बालक भारतमा भेटिए

गुलरिया : भारतको उत्तरप्रदेश राज्यअन्र्तगत गोण्डा र बहराईच जिल्लाबाट चारजना बालकको उद्धार गरिएको छ। जिल्ला वालकल्याण समिति, सेवा केन्द्र बर्दियालगायत जिल्ला प्रशासन कार्यालय बर्दियाको पहलमा भारतबाट ४ जना बालकको उद्धार गरिएको हो।

उद्धार गरिएका बालकमध्ये नेपालगञ्ज घर भएका ४ वर्षीय दिलिप थापालाई भारतको वहराईच तथा सिमलघारी बाँकेका १२ वर्षीय अरुण विक, गुलरिया नगरपालिका वार्ड नम्वर ९ का ११ वर्षीय अजय विक र रुकुम घर भएका १२ वर्षीय रविन परियारलाई गोण्डा सेवाकेन्द्रबाट उद्धार गरेको महिला विकास अधिकृत गिराकुमारी वस्नेतले जानकारी दिइन्।

भारतस्थित बालकेन्द्रबाट उद्धार गरिएका बालकलाई सेवा केन्द्र बर्दियामा राखिएकाले उनीहरुको अभिभावक पत्ता लगाई जिम्मा लगाउने प्रकृया भैरहेको छ।उनले अभिभावकसँग भारत गएका अवस्थामा बालक हराराएर अलपत्र पर्ने गरेको बताइन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.