११ दिनपछि खुल्यो मनिपाल

११ दिनपछि खुल्यो मनिपाल

पोखरा : बर्खास्त कर्मचारी पुनर्बहाली मागसहित भएको आन्दोलनले ११ दिनदेखि ठप्प मनिपाल शिक्षण अस्पताल चौतर्फी दबाबदपछि शुक्रबार खुलेको छ। पोखराको नागरिक समाज, अस्पतालका छिमेकी बासिन्दा र प्रदेश सरकारले सेवा नरोक्न आन्दोलित कर्मचारी र व्यवस्थापनलाई दबाब दिएका थिए। 

जेठ ८ गतेबाट मनिपालमा इमरजेन्सीबाहेक सेवा ठप्प थियो। यसबीचमा प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई दुई पक्षबीच वार्ता गराएर समस्या सुल्झाउन खटाएका थिए। मन्त्री पुनको पहलमा पटकपटक वार्ता भएका थिए। कर्मचारीले बर्खास्त ४ जनालाई पुनर्वहाली गर्नैपर्ने र व्यवस्थापनले त्यस्तो गर्न नसक्ने अडान राख्दै आएका थिए। तर आफूहरुका कारण जनता उपचारबाट बञ्चित हुन नहुने भन्दै ४ कर्मचारीले अरु कर्मचारीलाई काममा फर्कन आग्रह गरेपछि शुक्रबार बिहानैदेखि अस्पताल खुलेको हो। 

बर्खास्तीमा परेका एकजना टेकबहादुर विकले भने, ‘हाम्रो कारण अरुलाई मर्का नपरोस् भन्ने हो, बरु न्यायका लागि हामीले कानुनी उपचारमा जाने विचार ग¥यौं।’ भारतीय र नेपाली कर्मचारी तथा डक्टरहरुलाई समान कामको समान पारिश्रमिक दिनुपर्ने माग गर्दै यसअघि भएका आन्दोलनको अगुवा गरेकै कारण प्रतिशोध स्वरुप अस्पतालले आफूहरुलाई बर्खास्त गरेको विक लगायत कर्मचारी बताउँछन्। 

अस्पतालको फार्मेसीमा कामगर्ने रमेश बोहोरा, टेकबहादुर विक, अल्पना ठाकुर नीलकण्ठ भट्टराईलाई अनियमितताको आरोप लगाउँदै अस्पताल प्रशासनले जेठ ७ मा बर्खास्त गरेको थियो। औषधि सप्लाई गर्ने निजी कम्पनी खोली आफ्नो संस्थाबाट मात्रै मनिपालमा औषधि बिक्री गरेको प्रशासनले आरोप लगाएको हो। बर्खास्तमा परेका कर्मचारीले भने आफूहरुले नियम विपरीत कार्य नगरेको भन्दै निष्पक्ष छानबिन माग गरेका थिए। छानबिनबाटै सत्यतथ्य खोतल्ने गरी अस्पतालको सेवा चालु गर्न मन्त्री पुनले दुवै पक्षलाई निर्देशन गरेकी थिइन्। अस्पताल प्रशासनले बर्खास्तमा परेका कर्मचारी अन्यायमै परेको भन्ने भए अदालत जान सक्ने बताउँदै आएको थियो। 

मनिपालमा सामान्य बेला दैनिक ८ सय बिरामी आउँछन्। ११ दिनपछि खुल्दा भने शुक्रबार २ सयजना बिरामी मनिपाल पुगेका थिए। मन्त्री पुनले कर्मचारी र व्यवस्थापनको किचलोका कारण बिरामी मर्कामा परेको भन्दै प्रदेश सरकारले चासो देखाएको सुनाइन्। ७ सय ५० बेडको अस्पतालमा ८ सयभन्दा बढीले रोजगारी पाएका छन्। भारतीय लगानीमा २०५१ सालपछि खुलेको मनिपाल प्रदेश ४ को सबैभन्दा ठूलो र सुविधायुक्त अस्पताल हो। स्थापनायता आन्दोलन र हड्तालकै कारण अस्पतालको सेवा दर्जनौंपटक अवरुद्ध हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.