लागूऔषध दुर्व्यसनीविरुद्ध जुटे विद्यार्थी

लागूऔषध दुर्व्यसनीविरुद्ध  जुटे विद्यार्थी

जुम्ला : जुम्लाका विद्यार्थी लागूऔषध दुर्व्यसनी विरुद्धको अभियानमा जुटेका छन्। पछिल्लो समय जिल्लाका किशोरकिशोरी लागूऔषध दुर्व्यसनीको कुलतमा फस्दै गएपछि त्यसबाट रोक्न विद्यार्थीले अभियान सञ्चालन गरेका हुन्।

अभियानको नेतृत्व प्राज्ञिक विद्यार्थी परिषद नेपाल, जुम्ला नगर ईकाई समितिले गरेको हो।जुम्ला बहुमुखी क्याम्पस तथा विभिन्न विद्यालयमा अध्ययनरत हजारौ विद्यार्थीले साथ दिएका छन्।      

अभियानको पहिलो चरणमा आइतबार कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत २ सय बढी विद्यार्थीलाई लागूऔषध दुर्व्यसनीबारे जानकारी दिनुका साथै उनीहरुसँग अन्र्तक्रिया गरिएको छ। 

लागूऔषध दुर्व्यसनीमा फसेका विद्यार्थी तथा युवायुवतीलाई त्यसको लतबाट छुटाउन निस्वार्थ अभियान संचालन गरिएको विद्यार्थीले बताए। सडकको विस्तार, उद्यमशिलता तथा शिक्षाको अभाव र परिवारको प्रत्यक्ष निगरानी नहुनु जस्ता कारणले यहाँका हजारौ युवायुवती लागूऔषध दुर्व्यसनीमा फसेका छन्। 

'उनीहरुलाई लागूऔषधको लतबाट छुटाउन जनचेतनामुलक कार्यक्रमको खाँचो छ, अब हामी त्यसको नेतृत्व गर्छौ' प्राज्ञिक विद्यार्थी परिषद, नगर ईकाई समितिका सहसचिब सारदा पँछाईले भनिन्, 'यस्तो अभियान जिल्लाका सरकारी तथा गैर सरकारी निकाय र स्थानीय तहबाट हुनुपर्ने हो । यहाँका हजारौं युवायुवती र विद्यार्थी लागूऔषध दुर्व्यसनीमा लिप्त भैसक्दा पनि सबै मौन छन्।'

सबै काम गर्न बजेटको मात्र आवश्यक नहुने भन्दै मन र जाँगर लगाएर विद्यार्थीले सुरु गरेको यो अभियान उदाहरण बनेको छ। अभियानलाई सार्थक बनाउन तथा लागूऔषध दुर्व्यसनी मुक्त जिल्ला निर्माण गर्न सबै निकायले आआफ्नो क्षेत्रबाट सहयोग र साथ दिन सहसचिब सारदा पँछाईले अनुरोध गरिन्। 

यो अभियानमा प्रहरीले पनि पूर्ण साथ दिने बताएको छ। अभियानको क्रममा हुने कार्यक्रममा डीडएसपी डा. तपनकुमार दाहालले निशुल्क प्रशिक्षण गर्दै आएका छन्। जुम्लामा रहेका ४२ हजार बढी युवायुवतीमध्ये अधिकांश बेरोजगारकै कारण कुलतमा फसेको पाइएको छ। 

निरन्तर अनुसन्धानपछि ९ महिनामा मात्र ३५ जना लागूपदार्थ दुव्र्यसनीकर्ता यसअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमा ११ जना युवतीसमेत रहेका थिए। यो अनुपातले जुम्लामा लागूऔषध दुर्व्यसनीको समस्या दिनप्रतिदिन बढ्दै गएको सजिलै अनुमान गर्न सकिन्छ। 

तर लुकीछिपी लागूऔषध प्रयोग गर्नेको संख्या भने अत्यधिक छ। अहिले खुलेआम बजारका पेटीमा लागूऔषध खाने, किनबेचमा केही कमी आएको डीएसपी डा. तपनकुमार दाहालले बताए। उनका अनुसार जुम्लाका नीजि औषधी पसलले पनि लुकिछिपी लागूपर्दाथ बेच्ने गरेको खुलेको छ।

अफिम, कोकिन, हिरोईन तथा ब्राउनसुगरजस्ता प्राणघातक लागूपर्दाथ किन्ने तथा बेच्ने नीजि मेडिकल संचालक र प्रयोगकर्तालाई तथ्य प्रमाणसहित भेटाएमा कानुनी कारवाही  गरिने डीएसपी दाहाले बताए।

राष्ट्रका जिम्मेवार युवायुवती नै दुर्व्यसनीमा फस्नु देशकै चिन्ताको विषय भएको केटिएसका विद्यार्थी अमन देवकोटाले बताए। सरकारले उचित उद्यमशिलताका कार्यक्रम तथा रोजगार दिन नसकेका कारण शिक्षीत युवायुवती लागूऔषध दुर्व्यसनीमा फस्दै गएको छात्रा एसोदा महताराले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.