अमेरिकी आरोहीले सगरमाथामा स्की खेलेपछि हंगामा !

अमेरिकी आरोहीले सगरमाथामा स्की खेलेपछि हंगामा !

काठमाडौं: पर्यटन विभागले सगरमाथा आरोहणका क्रमा अवैधरुपमा स्की खेलेको भन्दै अमेरिकी आरोही गुइलेरमो वेनेसस र माथेअ मोनीजलाई कारबाही गरेको छ ।

अनुमतिबिना क्याम्प तीनदेखि दुईसम्म स्की खेल्ने अमेरिकी आरोहीलाई १० हजार रुपैयाँ नगद जरिवाना गरिएको छ । उनीहरुबाट जनही एक हजार अमेरिकी डलर स्की शुल्कसमेत असुल गरिएको छ । 

अवैधरुपमा स्की खेल्ने अमेरिकीलाई सहयोग गर्ने आरोहणदल पठाउने कम्पनी हाइअल्टिच्यूट ड्रिम प्रालिलाई विभागले ५० हजार नगद जरिबाना गरेको छ ।

आरोहणदलका सम्पर्क अधिकृत प्रतिलिपि रजिष्टार कार्यालयका नायब सुब्बा दीपक दाहाललाई विभागीय कारवाही गर्न सम्बन्धित कार्यालयमा पत्रचार गरिएको विभागका सूचना अधिकारी रामप्रसाद साप्कोटाले बताए । 

आरोहण दलका सरदार सोलुखुम्बु जुभिङ-८ का लोप्साङ शेर्पालाई पनि चेतावनी दिइएको छ । अवैधरुपमा स्की खेल्ने सामाग्रीसहित हिमाल आरोहणमा आधारशिविर पुगेका उनीहरुलाई राज्यका निकायले रोक्ने पहल गरेनन् । 

त्यहाँबाट क्याक्प तीनसम्म पुग्दा पनि सम्पर्क अधिकृत र सरदारले राज्यका निकायलाई खबर नगरेको विभागको भनाई छ । एजेन्सीले समेत आफ्नो आरोहण दलले के गर्दैछ र के गर्ने योजना बनाएको छ भन्ने विभागलाई जानकारी नदिएकाले कारबाही गरिएको हो । 

अमेरिकी आरोही गुइलेरमो वेनेसस र माथेअ मोनीजले क्याम्प तीनदेखि अवैधरुपमा स्की खेलेर सामाजिक सञ्जालमा वर्षौँदेखिको आफ्नो चहाना पुरा गरेको उल्लेख गरेका थिए ।

राज्यसँग स्वीकृति नलिई हिमालमा अवैध गतिविधि गर्ने जो कसैलाई पर्यटन ऐन २०३५, पर्वतारोहणसम्बन्धी नियामवली २०५९ ले दिएको अधिकार प्रयोग गरेर कारवाही गर्ने सापकोटाले बताए । 

यसअघि पनि सगरमाथा आरोहण गरेको नक्कली कागजात पेश गर्ने भारतीय दम्पती दिनेश राथोड र ताराकेश्वरी राथोडलाई विभागले १० वर्ष नेपाल प्रवेशमा रोक लगाएको थियो । 

एजेन्सीलाई कारवाही गरिएको पनि यो पहिलो पटक हो । सम्पर्क अधिकृत र सरदारलाई समेत विभागले कडाइका साथ कारबाही अघि बढाउने जनाएको छ । 

सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छिटो समय (८ घण्टा १० मिनेट) मा चुचुरो चुमेको दावी गरेका दोलखाका पेम्वा दोर्जी शेर्पाको विश्वकीर्तिमानलाई अदालतले बदर गरिदिएको । 

२०६१ जेठ ८ गते चुचुरो चुमेको रेकर्ड २०७४ मंसिर १२ गते बदर गर्ने फैसला गरिए पनि त्यो आरोहणदलका सरदार, सम्पर्क अधिकृत र कम्पनीलाई भने कुनै पनि कारवाही गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.