लुम्बिनी विकास कोषको लापरबाही : बिना पिलर कार्यालय भवन

लुम्बिनी विकास कोषको लापरबाही : बिना पिलर कार्यालय भवन

तौलिहवा : लुम्बिनी विकास कोषले कपिलवस्तुमा पिल्लर बिनै कार्यालय भवन निर्माण थालेको छ। भूकम्प प्रतिरोधात्मक भवन निर्माण मापदण्डलाई लत्याउदै कोषले पिल्लर विनाको भवन निर्माण सुरु गरेको हो। केही दिन अघिमात्रै लुम्बिनीमा ६० लाख रुपैयाँको संरचना हावाले उडाएर ध्वस्त पारेको थियो। पिल्लर बिना निर्माण भैरहेको तिलौराकोटका संरचना पनि हावाले उडाउने सम्भावना रहेको विकास कोषका कर्मचारी नै बताउँछन्।

कपिलवस्तु नगरपालिका वडा नंं. ३ स्थित बुद्धको क्रिडास्थल हो तिलौराकोट। कोषको सम्पर्क कार्यालय माथि अहिले अर्को तला थप्ने काम भैरहेको छ। तर, पिलर र छड विनै। पिलर राख्ने ठाउँमा एउटा सिंगल छठबाहेक केही नराखी इट्टाको गाह्रो लगाउन थालिएको छ। पिलर विना भवन निर्माणको काम हुँदा यहाँस्थित कर्मचारी आगामी दिनमा हुन सक्ने जोखिम बारे चिन्तित छन्। ‘लुम्बिनी विकास कोषजस्तो जिम्मेवार निकायले पिलर विनै भवन निर्माण गर्नु राम्रो होइन। यस्तो भवनमा बसेर कसरी काम गर्ने’, विकास कोषका एक कर्मचारीले भने।

लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवन निर्माण गर्ने रकम कम भएकाले पिलर राख्न नसकिएको बताए। ‘तिलौराकोट क्षेत्र वरपर पुरातत्व विभागले ठुला ठुला पक्की संरचना बनाउन दिदैन’, उनले भने, ‘बाध्य भएर पिपर बिनाको तला थपेका हौं।’ भवन एकदमै साघुँरो भएको र पाहुँनालाई समेत बस्ने ठाउँ नभएकाले भवनमाथि तला थपिएको उनले बताए।

तीन चार बर्षका लागि कोषका कर्मचारीको आवास गृह स्वरुप तला थपिएको उनको भनाइ छ। भट्टराईले भवनको पहिलो तलामा पनि पिलर नभएकाले माथिल्लो तलामा पिलर नराखिएको बताए। पहिलो तला पनि लुम्बिनी विकास कोषले नै निर्माण गरेको हो। तिलौराकोट कपिलवस्तु नगरपालिकाको कार्य क्षेत्रभित्र पर्छ। यो नगरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण मापदण्ड लागू छ। नगरपालिकाले समेत बिना पिल्लरको भवन निर्माणमा चासो देखाएको छैन।

नगरपालिकाले नयाँ भवन निर्माण गर्दा सबैलाई नक्सा पास गर्न ताकेता गर्दै आए पनि लुम्बिनी विकास कोषले अटेर गरेको गरेको छ। कपिलवस्तु नगरपालिकाका इन्जिनियर सुनिल केसीले सरकारी भवनको संरचना निर्माण गर्दा भवन निर्माण मापदण्डअनुसार अनिबार्य नक्सा पास गर्नु पर्छ। कोषले निर्माण गर्न थालेको संरचना बारे नगरपालिकामा कुनै जानकारी नभएको उनले बताए। लुम्बिनी विकास कोषले चार लाख रुपैयाँको लागतमा तीन कोठे भवन निर्माण गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.