निर्मला हत्याप्रकरण : तीजमा कालो पहिरनमा विरोध प्रदर्शन
महेन्द्रनगर : बुधवार देशैभर हरितालिका (तीज)को रौनक छ। महिला दिदीबहिनी धुमधामसँग तीज मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) ले जताततै नाचगानमा महिला दिदीबहिनी रमाइरहेका छन्। तर, कञ्चनपुरमा भने यसवर्ष तीजको खासै रौनक देखिएको छैन्।
महिला दिदीबहिनीले तीज नै नमनाउने निर्णय गरेका छन्। अधिकाशं महिला दिदीबहिनी तीज पर्वको दिन कालो पहिरनमा निर्मलालाई न्याय दिन माग गरिरहेका छन्।
कञ्चनपुरस्थित दबाब संघर्ष समितिले हरितालिका तीजलाई कालोदिनका रुपमा मनाइरहेको छ। ‘हरेक वर्ष आउने पर्वलाई रंगिन र रमाइलो नभएर कालो पहिरन लगाएर मनाइरहेका छौं’, नागरिक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले भनिन्, ‘निर्मलालाई न्याय दिनका लागि हाम्रो आन्दोलन फेरि सुरु भएको छ।’
लामो समयदेखि संघर्ष समिति न्यायका लागि सडक आन्दोलमा छ। ब्रत बसेर श्रीमान र घरपरिवारको सुख, शान्तिको कामना गर्ने दिन निर्मलाको न्यायका लागि कालो पहिरनमा बसेर आन्दोलन गरिरहेको उनीहरुको भनाइ छ।
महिलादिदी बहिनीले बुधबार कालो पहिरनमा मदन चोकमा एकघण्टा धर्ना दिए भने बजार क्षेत्रमा प्रदर्शन समेत गरे। निर्मला पन्तका हत्यारालाई सार्वजनिक र संविधानमै बलात्कारीलाई फाँसीको सजाय दिन संविधान संशोधन गर्नुपर्ने माग उनीहरुको छ।
‘आज ब्रत बसी शिवपार्वतीको पूजा र उपासना गर्ने दिन हो’, प्रितिधिर भण्डारीले भनिन्,‘यो वर्षको तीजलाई हामीले कालो दिनका रुपमा हेरेका छौं र कालो पहिरनमा विरोधमा उत्रिएका हौं।’
उनले निर्मलाको बलात्कार पछि हत्या गर्ने वास्तविक अपराधी पत्ता नलागुन्जेल दबाबमुलक कार्यक्रम जारी नै रहने बताइन्।
महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारण चोकमा भेला भएर तीजलाई कालोदिनका रुपमा मनाइरहेका हुन। महिलाको आन्दोलनमा पुरुष समेत कालो पहिरनमा सहभागी भएका छन्। यसअघि महेन्द्रनगरमा स्थानीय पर्व गौरालाई पनि विरोधकै रुपमा मनाइएको थियो।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तले न्याय पाउनुपर्ने भन्दै यसवर्ष कञ्चनपुरमा गतविगत झै तीज पर्व मनाइएको छैन्। महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था एवं महिला दिदीबहिनीले तीजपर्वलाई कालोदिनका रुपमा हेरेर यसवर्ष सार्वजनिक ठाउँमा नाचगान समेत गरेका छैनन्।
सम्बन्धित समाचार
- निर्मला हत्या प्रकरणमा नयाँ मोड : छानबिन समिति सदस्यकै राजीनामा
- छानबिन समितिबाट राजीनामापछि केसीले भने : निर्मलाले न्याय पाउन गाह्रो छ
- निर्मला हत्या प्रकरण : छानबिन समितिका सदस्यलाई मार्ने धम्की
- निर्मला हत्याप्रकरण : आफन्त भन्छन्, न्यायको आशा मर्यो
- निर्मलापछि लक्ष्मीले पाइनन् न्याय, बाबुआमा भन्छन् : गृहमन्त्रीले पनि चासो दिएनन्
- निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहा
- निर्मला हत्या प्रकरण : दिलीपसिंहसँगै रिहा भए बम दिदीबहिनी
- निर्मला हत्यामा प्रहरीको कार्य झन् शंकास्पद
- निर्मला हत्याकाण्डको अनुसन्धान अब कता ?
- छानबिन समितिबाट राजीनामा दिएका केसी पुनः काममा फर्किए
प्रतिक्रिया दिनुहोस !