रवि ओडले भने :  यो उपलब्धी तपाईँहरुकै देन, हजुरहरू मेरा भगवान्

रवि ओडले भने :  यो उपलब्धी तपाईँहरुकै देन, हजुरहरू मेरा भगवान्

काठमाडौँ : नेपाल आइडल सिजन २ को विजेता बन्न सफल भएपछि रवि ओडले सामाजिक सञ्जालमार्फत खुसी बाँडेका छन् । सिजन २ को नेपाल आइडल बनेसँगै उनले यो सबै उपलब्धी सारा नेपालीको देन भनेका छन् । 

'हजुरहरूको मायाले मलाई आज यस्तो बिन्दुमा ल्याइपुर्याएको छ कि मसँग त्यसको व्याख्या गर्नसक्ने कुनै शब्द नै छैन', शुक्रवार राति फेसबुकमार्फत् उनले भनेका छन्,  'म एउटा समान्य मान्छे हजुरहरुले मलार्इ यहाँहरुले आफ्नै छोरो, भाइ, दाजु, साथी सम्झेर माया गर्दिनुभयो र आज यति ठूलो जित हासिल गर्न सफल भएँ, यो सब हजुरहरुकै देन हो ।'

रविले आफ्नो जितलार्इ सारा नेपाली दाजुभाइ र दिदीबहिनीहरूको भनेका छन् । 'मेरो जीवनदाता नै हजुर हरु हुनुहुन्छ, र यो जित मेरो होइन यो जित तपार्इँहरुकै हो सारा नेपाली दाजुभाइ दिदीबहिनीहरुकै हो', रविले भनेका छन्, 'आशा छ अझै आउने दिनहरुमा यसरी नै माया अनि साथ दिनुहुने छ । फेरि पनि हृदयदेखि नै आभारि छु हजुरहरुको यो मायाप्रति ।'

रविले आफूलार्इ गरेको यो माया र सहयोग कहिल्यै नभुल्ने पनि बताएका छन् । 'हजुरहरु नै हो मेरो लागि भगवान्', उनले अन्तिममा भनेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.