क्यान्सरविरुद्ध अन्‍नपूर्ण पोस्ट्को साइकल र्‍याली (फोटो फिचर)

क्यान्सरविरुद्ध अन्‍नपूर्ण पोस्ट्को साइकल र्‍याली (फोटो फिचर)

तस्बिर : विकास/उमा/अशोक/दीपेन/सरोज र सुनिता 

काठमाडौं : क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पु‍र्‍याउने उद्देश्यले अन्‍नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष गर्दै आएको साइकल र्‍यालीको पाचौं संस्करण सम्पन्न भएको छ।

शनिबार बिहान वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत  साइकल र्‍यालीको उद्घाटन गरे।  उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपालमै पनि क्यान्सरको उपचार सहज बन्दै गएको  बताए।  

कुनै पनि कुरालाई  प्रभावकारी बनाउन त्यसलाई एक पटक मात्रै जानकारी दिएर नहुने र पटक-पटक सचेत गरइरहनु आवश्यकता रहेको उनको भनाइ छ।

‘क्यान्सरबारे एकपटक जनकारी पाएर मात्रै हुँदैन, यस बारे सतर्कता अपनाउन निरन्तर सचेत गराइ रहनु पर्ने हुन्छ’, उनले भने, ‘त्यसमा अन्‍नपूर्ण मिडिया नेटवर्कको यो कर्यक्रमले पनि भूमिका खेलेको छ।’ 

कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कर्पोरेट हाउसको आफ्नो व्यवसाय गर्ने मात्रै नभइ समाजको हितका लागि पनि केही गर्ने दायित्व रहेको भन्दै त्यो दायित्व अन्‍नपूर्ण मिडिया नेटवर्कले पूरा गरेको बताए।

‘उद्यमीले आफूलाई मात्र सम्पन्न बनाउने कार्यमा नलागी समाजलाई पनि सम्पन्न र सुखी बनाउने कार्यमा लाग्नुपर्छ’, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने।  क्यानसर विरुद्धको लडाईंमा स्वास्थ खानपान, वातावरण र जीवजशैली नै मुख्य कुरा रहेको  उनको भनाइ छ।

नेपाल साइकलिङ संघका सुदीप  पौडेलले साइकल र्‍यालीमा आफूहरुको उद्देश्य क्यान्सरबारे सचेतना जगाउनेका साथै साइकललिस्टको अनुशासन पनि देखाउन रहेको जानकारी दिए। 

साइकल मैत्री वतारण र साथै साइकल लेनको महत्वको बारेमा पनि सन्देश दिनु साइकल र्‍यालीको उद्देश्य रहेको उनको भनाइ छ। सबैलाई साइकल चढ्न उनले आग्रह गरे।

कार्यक्रममा क्यान्सर केयर फाउन्डेशनका अध्यक्ष डा. सुशील पन्त, नेपाल विद्युत प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङ, निजामती कर्मचारी, सुरक्षा निकायका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। 

साइकल र्‍यालीमा करिब एक हजारको संख्यामा साइकलिस्ट सहभागी भए। युनाइटेड सिमेन्ट टाइटल स्पाेन्स  रहेको साइकल र्यालीमा साइकल अभियन्ता, विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण  स्वस्फूर्त र्‍यालीमा सहभागी भए। 

साइकल र्‍यालीको रुट 
तीनकुनेस्थित अन्नपूर्ण पोस्टबाट सुरु भएको र्‍याली त्यही आएर टुंगिएको छ। र्‍याली गौशाला-चाबहिल-महाराजगन्ज-गोँगबु,-बालाजु,-सोह्रखुट्टे-लैनचौर-जमल-भद्रकाली-त्रिपुरेश्वर-थापाथली-माइतीघर-मण्डला-नयाँ बानेश्वर हुँदै तीनकुने आइपुगेको हो। 

अन्‍नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसन, नेपाल साइक्लिङ संघ, नेपाल साइकल सोसाइटी लगायतका संस्थासँग मिलेर पछिल्लो पाँच वर्षयता जनचेतनामूलक साइकल र्‍याली आयोजना गर्दै आएको छ। साइकल र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ।

र्‍यालीमा सहभागी कसले के उपहार पाए ?
र्‍यालीमा सहभागीलाई गोलाप्रथाबाट विजेता बनाइएको छ । सुनिल मल्लले स्मार्ट टेलिभिजन प्राप्त गरे भने सुशील श्रेष्ठले माउन्टेन बाइक पाए। त्यसैगरी राजेश वैद्यले काठमाडौ-पोखरा-काठमाडौंको दुईटा एयर टिकट प्राप्त गरे। वासुदेव आचार्यले स्मार्ट फोन प्राप्त गर्दा श्याम अधिकारीले सिको घडी जिते। 

त्यसैगरी अन्य पाँचपाँच जनाले अन्नपूर्ण सम्पूर्ण, अन्नपूर्ण एक्सप्रेस  र अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक ६ महिनासम्म निशुल्क प्राप्त गरे। 

गोलाप्रथाबाट विजयीलाई  अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रबन्ध निर्देशक लक्ष्मी पौडेल, कार्यकारी निर्देशक सचन थापा, अपरेशन डाइरेक्टर मानस घिमिरे, अन्‍नपूर्ण पोस्ट्का  प्रधानसम्पादक हरिबहादुर थपा, सम्पादक अखण्ड भण्डारी, अन्‍नपूर्ण पोस्ट् डटकमका सम्पादक विकास थापा, अन्नपूर्ण सम्पूर्णाका सम्पादक राजन नेपाल, एपीवान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री, रेडियो अन्नपूर्ण रेडियोका स्टेशन म्यानेजर ठाकुर बेल्बासेलगायतले पुरस्कार प्रदान गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.