फौजी किराले १७ करोडको धान सखाप

फौजी किराले १७ करोडको धान सखाप

सिन्धुली : समयमा फौजी किराको संक्रमण नियन्त्रण गर्न नसक्दा सिन्धुलीमा २५ प्रतिशत बढी धानबाली नष्ट भएको छ। फौजी किराको संक्रमणबाट १७ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। कुल धान खेतीमध्ये करिब ३ हजार ७ सय हेक्टरमा लगाइएको धानबाली फौजी किराले नष्ट गरेको केन्द्रको तथ्यांमा छ।

भित्याउने बेला फौजी किराले खाँएर धानको बाला नष्ट भएको केन्द्रका वागवानी अधिकृत श्रीकृष्ण अधिकारीले बताए। जिल्लाभर १४ हजार ८ सय हेक्टरमा धान लगाइएको छ। अधिकारीका अनुसार कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकाका किसानले लगाएको धानबालीमा फौजी किराको संक्रमण बढेको छ।

‘पाकेको धान धमाधम घरमा भित्याउने बेला फौजी किराले सखाप पारेको छ। यसलाई नियन्त्रणमा लिन पनि कठिन भएको छ’, केन्द्र प्रमुख अधिकारीले भने, ‘पाकेको धानमा विषादी प्रयोग गर्न पनि मिल्दैन।’ यसअघि ९ हजार हेक्टरबढी क्षेत्रफलको मकैबालीमा क्षति गरेको थियो। मकैको सिजन सकिएपछि फौजी किराले धानबाली समातेको हो।

लगाएको सबै धान नष्ट भएपछि किसान चिन्तित छन्। कमलामाई नगरपालिका-८ सिस्नेरीका जंगबहादुर विकले ढिलागरी मनसुन सुरू हुँदा असारको अन्तिममा लगाइएको धान असारकै बाढीले पुर्‍याएको क्षतिको पीडा भुल्न नपाउँदै पाकेको बाली फौजी किराले नष्ट गरेको दुखेसो पोखे। ‘बाढी र पहिरोबाट बचेको धान राम्रै फले पनि घरमा भित्याउने बेला भने आधाजसो फौजीले नष्ट गर्‍यो। फौजी किराले अझै क्षति गर्नसक्ने भन्दै पाकेको धानबाली तत्काल काटेर सुरक्षित गर्न कृषि ज्ञान केन्द्रले किसानहरूलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.