साग खेलकुद : ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

साग खेलकुद : ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुवाथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।

त्यसैगरि दुवाथलन पुरुषतर्फको स्प्रिन्ट विधामा लक्ष्मण मल्ल र सोही विधाको महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदक दिलाएका हुन् । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरे।पुरुषतर्फको स्प्रिन्ट विधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाए। यो सँगै नेपालले ट्रायथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।

नेपालका लागि मुख्यप्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक हात पारेको छ । त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ ।कुल ५ स्वर्णसहित १५ पदकका लागि सागअन्तरगतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो ।यस अघिको १२औं सागको ट्रायथलनमा १ रजतर १कास्य मात्र हात पारेको थियो । 

ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।उनले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । त्यसैगरि गण्डकी प्रदेश सांसद दिपक कोईराला र दिलीप श्रेष्ठले संयुक्त रुपमा स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.