‘एमसीसी सम्झौता कार्यान्वयन हुन्छ ’

‘एमसीसी सम्झौता कार्यान्वयन हुन्छ ’

काठमाडौं  : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुने बताएका छन् ।
सत्तारुढ दल नेकपाकै केही नेताले त्यसको विरोध गरिरहेका बेला सरकारका प्रवक्ता बाँस्कोटाले एमसीसीबारे सम्झौता संसद्बाट अनुमोदन हुने बताएका हुन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले केही व्यक्तिले राजनीतिक तुष्टीकरणका लागि एमसीसीको विरोध गरे पनि सरकार सम्झौताबाट पछाडि नहट्ने बताए ।

‘एमसीसी कसैलाई राजनीतिक तुष्टीकरणको विषय होला । केहीलाई थप प्रस्टीकरण चाहिएको होला’, उनले भने, ‘सम्झौता पढ्दा भइहाल्यो नि । सम्झौतामा नेपाल अमेरिकाको सैन्य गठबन्धनमा सहभागी हुने कुरा कहाँ उल्लेख छ ? ’

उनले एमसीसी इन्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस)सँग जोडिएको विषय नभएको बताए । ‘एमसीसीको सन्् २०१३ मै प्रक्रिया सुरु भएको हो, २०१५ मा यसमा टुंगो लागेर कार्यक्रम बनेको हो’, उनले भने, ‘आईपीएस सन् २०१७ मा मात्र घोषणा भएको हो । यसलाई आईपीएससँग जोडेर विरोध गर्नु आत्मसन्तुष्टि मात्र हो ।’

उनले नेपालको सडक र विद्युत् पूर्वाधार विकासका लागि ५ सय मिलियन डलर सहयोग गर्ने सम्झौता भएकाले कार्यान्वयन गरिने बताए । सम्झौतामा उल्लेखित विषयबाहेक अन्यमा अमेरिकाले पनि कुनै दबाब नदिएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.