उच्च मनोबलले कोरोनाको महामारी रोकौं : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गरेका छन्। शुक्रबार राष्ट्रकव नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ र त्यसविरुद्ध सरकारले चालेका कदम र सचेतनाबारे सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको प्रधानमन्त्री ओलीले बताए।
प्रतिक्रिया दिनुहोस !