गोरखामा रेबिजको त्रास : ५० जनालाई खोप लगाइयो

गोरखामा रेबिजको त्रास : ५० जनालाई खोप लगाइयो

गोरखा : बहुला कुकुरले टोकेर सिरानचोक गाउँपालिका २ उपल्लो पामका ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि गाउँका ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ । गोरखा जिल्ला अस्पतालसँग समन्वय गरी गाउँपालिकाको स्वास्थ्य शाखाले घरघरै स्वास्थ्यकर्मी पठाएर रेबिजविरुद्धको सुइ लगाएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

आशंकित ५० जनामध्ये १६ जनालाई पहिलो र दोस्रो चरणको खोप दिइएको र मंगलबार ३४ जनालाई पहिलो चरणको खोप दिइएको उनले बताए । १६ जनालाई गोरखा अस्पतालमै लगेर पहिलो चरणको खोप दिइएको थियो । तर दोस्रो चरणको सुई गाउँमै लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखाका रामचन्द्र पाण्डेले जानकारी दिए  । ३४ जनाका लागि भने पहिलो चरणको पनि घरघरमै गएर सुइ लगाइएको उनले बताए ।

माघ २ गते रेबिज लागेको कुकुरले टोकेका गुरुङमा रेबिजको लक्षण देखिएको र फागुन १३ गते मृत्यु भएपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

गाउँपालिकाको स्वास्थ्य शाखाबाट खटिएको टोलीले सोधपुछ गर्दा रेबिजको लक्षणसँग मेल खाएको, माघ १० गते ८३ वर्षीय कलाबती गुरुङ र १६ गते ६६ वर्षका हर्कबहादुर गुरुङलाई पनि कुकुरले टोकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले बताए ।

रेबिज लागेको जनावरले टोकेको १ देखि तीन महिनामा रेबिज लक्षण मानिस तथा जनावरमा देखिन्छ । लक्षण देखिएको एक हप्तामा मृत्यु हुने खतरा रहने भएकाले स्थानीयमा त्रास छाएको उनले बताए । सो त्रास कम गर्न गाउँपालिका स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले रेबिजको लक्षण, सर्ने अवस्था, ध्यान दिनुपर्ने उपाएका बारे पनि घरघरमा पुगेर जानकारी गराएको स्वास्थ्यकर्मी रामचन्द्र पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.