कर्णालीमा छैन कोरोना : कुन प्रदेशमा कति संक्रमित

कर्णालीमा छैन कोरोना : कुन प्रदेशमा कति संक्रमित

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८२ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा सात जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको हो। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा सात जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो। 

देवकोटाका अनुसार नयाँ संक्रमित नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला  छन्। सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

मन्त्रालयका अनुसार अहिलेसम्म कर्णाली प्रदेशमा संक्रमण देखिएको छैन। प्रदेश १ मा ३१ जना संक्रमित छन्। उनीहरुको विराटनगरमा उपचार भइराखेको छ।  प्रदेश २ मा १३ जना संक्रमित छन्। उनीहरुको वीरगन्जमा उपचार भइराखेको छ। प्रदेश ३ का संक्रमित सातैजना डिस्चार्ज भएका छन्। उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भएको हो। त्यसैगरी गण्डकी प्रदेशमा २, पाँच नम्बर प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित फेला परेका छन्। यसरी संक्रमितको संख्या ८२ पुग्दा ६१ पुरुष र २१ महिला छन्। 

प्रवक्ता देवकोटाका अनुसार अहिले धनगढी, भरतपुर, रुपन्देशी एकएकजना, नेपालगञ्ज २३, वीरगन्ज ९, विराटनगर ३१  जनाको उपचार भइराखेको छ। अन्य १६ जना भने निको भएर घर फर्किसकेका छन्। 

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट  १३ हजार ८ सय ५० र आरडीटी विधिबाट ५२ हजार दुई सय २७ जनाको नमुना परीक्षण गरिएको छ। 

२१ हजार ९९ जना क्वारेन्टेनमा छन्। उपत्यकामा दुई र उपत्यका बाहिर ११८ गरेर कुल १२० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.