वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली  पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैंसेपाटी पुगेका हुन् । 

भैंसेपाटीमा ओली र नेता गाैतमबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतको दाबी छ । वामदेव सचिवालयले पारिवारिक भेटघाट भएको बताए पनि पार्टी भित्रको विवादको विषयमा छलफलका लागि ओली भैंसेपाटी पुगेको उनी निकट स्रोत बताउँछ । 

प्रधानमन्त्री ओली पार्टी महासचिव विष्णु पौडेललाई समेत लिएर भैंसेपाटी पुगेका हुन् । पार्टी भित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शक्ति संघर्ष चल्दै गर्दा प्रधानमन्त्री स्वयम् उपाध्यक्ष गौतम निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ । 

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा चर्काचर्की चलिरहेका बेला गौतम निवासको भेटलाई महत्वका साथ हेरिएको हो । मंगलबार बिहान मात्र नेता गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनको प्रस्तावपछि प्रधानमन्त्री निवासमै पुगेको नेताहरुको भनाइ छ । 

उपाध्यक्ष गौतम निकट नेताहरुले भने यो भेट पारिवारिक भएको दाबी गरेका छन् । भैंसेपाटीमा उनीहरुले पारिवारिक तस्बिरसमेत लिएकाका छन् । 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंगलबार बिहान सूचना सार्वजनिक गर्दै स्थायी समितिको बैठक स्थगित गरेपछि पार्टीमा विवादले नयाँ मोड लिएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान दुई अध्यक्षको छलफलमै स्थायी कमिटी बैठक स्थगीत भएको जानकारी गराएका थिए। पार्टी कार्यालयबाट आएको सूचना सार्वजनिक गर्दै थापाले फेसबुकमा लेखे, ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११: ०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ।’ 

सँथै थापाले नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले सार्वजनिक गरेको सूचनासमेत राखेका थिए। यो सूचना सार्वजनिक भए लगत्तै प्रचण्डले अर्का अध्यक्ष ओलीसँग छलफल नै नभएको भन्दै आपत्ति जनाए। 

प्रचण्डले बालुवाटारले एकल निर्णय गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओलीसँग छलफल गरे। छलफल लगत्तै प्रचण्डको अध्यक्षतामा बालुवाटारमै स्थायी समितिको बैठक बस्यो। प्रधानमन्त्री ओली अनुपस्थित बैठकमा २९ जना स्थायी समिति सदस्य सहभागी भए। 

बैठकले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना सार्वजनिक गर्नु उचित नभएको निर्णय नै गर्यो। सँगै बैठकले विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर अर्का अध्यक्ष ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

सँगै बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ। बैठकमा २९ सदस्यसँगै दुई आमन्त्रित सदस्यको उपस्थिति थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.