थापागाउँमा प्रचण्ड, माधव र झलनाथको अलग्गै बैठक : केन्द्रीय सदस्यहरूसँग परामर्श

थापागाउँमा प्रचण्ड, माधव र झलनाथको अलग्गै बैठक : केन्द्रीय सदस्यहरूसँग परामर्श

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले थापागाउँस्थित एक निजी कलेजमा केन्द्रीय सदस्यसँग छलफल गरेका छन्। 

बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन्। 

प्रेसिडेन्टल कलेजमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता श्रेष्ठले पार्टी विवाद समाधानका लागि सुझाव माग्नेक्रम जारी रहेको छ।बुधबार मात्र त्यही कलेजमा प्रचण्ड र नेपाल समूहका नेताले  गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। 

यो समूहले गत साउन २१ गते नेकपा बिटमा कलम चलाउने पत्रकारसँग भेटघाट गरेका थिए। उक्त भेटघाटप्रति अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भने चर्को आपत्ति जनाएका थिए। 

प्रचण्ड र नेपाल समूहले बिहीबारसमेत आफू निकट केन्द्रीय सदस्यसँग मात्र छलफल गरेका हुन्। बालुवाटारमा प्रधानमन्त्री ओलीसँग करिब चार घण्टा लामो छलफल सकेपछि प्रचण्ड केन्द्रीय सदस्यसँगको छलफलमा सहभागी भएका हुन्। 

साउन २० पछि दुई अध्यक्षबीच हुन नसकेको संवाद ९ दिनपछि बिहीबार तोडिएको छ। प्रचण्ड निकट स्रोतका अनुसार बिहीबारको बालुवाटार छलफल सकारात्मक ढंगले अगाडि बढेको छ।

प्रधानमन्त्रीले ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार प्रशारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा अबको ५ दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए। उनले सार्वजनिक गरेको त्यही  प्रतिज्ञाअनुसार संकट समाधानका लागि निर्णायक पहल सुरु भएको  मानिएको छ। 

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवादले विष्फोटक रुप लिएको थियो। शीर्ष तहमा देखिएको कलहका कारण स्थायी समितिको बैठकसमेत बस्‍न सकेको छैन र बोलाइएको बैठक पनि कयौंपटक स्थगित भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.