धुम्बाराहीमा नेकपाका शीर्ष पाँच नेताको बैठक

धुम्बाराहीमा नेकपाका शीर्ष पाँच नेताको बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष पाँच नेताको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयका सदस्यलाई पार्टी मुख्यालयमा छलफलका लागि बोलाएका हुन्। 

प्रचण्डले सचिवालय बैठक बोलाएको बताए पनि उक्त बैठकमा सचिवालयका पाँच शीर्ष नेता सहभागी छन्। दिउँसो ३ बजेदेखि सुरु भएको छलफलमा अध्यक्ष प्रचण्डसहित शीर्ष पाँच नेता मात्र सहभागी भएका हुन्। 

बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। 

पार्टी मुख्यालयको छलफलमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसहित अन्य तीन सचिवालय सदस्य सहभागी छैनन्। धुम्बाराहीमा शीर्ष पाँच नेताको छलफल हुँदै गर्दा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ भने गृहमन्त्रालयको छलफलमा सहभागी छन्।

नेकपा नेतृत्वबीच विवाद चर्किदै जाँदा शुक्रबारका लागि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्। उक्त बैठकमा प्रधानमन्त्रीसहित अर्को पक्षका नेता सहभागी नभएका हुन्। ओली पक्षका नेताहरुले यो बैठक अनौपचारिक भएको बताएका छन्। 

बिहीबार बालुवाटारमा प्रधानमन्‍त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। बिहीबारको बालुवाटार सम्वाद थप तिक्कतापूर्ण भएपछि प्रचण्ड सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले पनि आफूविरुद्ध कहाँ केके भइरहेको छ भन्‍ने बारे सबै सूचना आफूसँग भएको बताउँदै  खुमलटार र कोटेश्वरमा गुटगत भेला र बैठक गरेर विभाजन ल्याउन खोजेको आरोप लगाएका थिए। ओलीले आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको तर आफू पछि नहट्ने बताएका थिए। 

अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए। 

त्यसपछि दाहालसँग ब्रिफिङ सुन्न वरिष्ठ नेता  नेपाल, प्रवक्ता श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा, ऊर्जामन्त्री वर्षमान पुनलगायत खुमलटार पुगेका थिए। 

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै  प्रचण्ड–नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.