पोखराका पर्यटकीय गन्तव्य असोज १ देखि खोल्ने

पोखराका पर्यटकीय गन्तव्य असोज १ देखि खोल्ने

पोखरा : कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न बैशाख १५ गतेदेखि भएको लकडाउनका कारण बन्द पोखराका पर्यटकीय गन्तव्य असोज १ गतेदेखि पुन सञ्चालन गर्ने तयारी भएको छ। 

पोखरामा मंगलबार भएको यहाँका पर्यटकीय गन्तव्य स्थलका अध्यक्ष तथा प्रतिनिधि र पर्यटन व्यवसायी बिच भएको छलफलमा असोज १ गतेदेखि पोखराका धार्मिक, संस्कृतिक, प्राकृतिक सम्पूर्ण पर्यटकीय गन्तब्य खोल्ने गरी तयारी भएको बताएका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा पर्यटकीय गन्तव्य स्थलका प्रतिनिधि र पर्यटन व्यवसायीले अब पनि पर्यटकीय गन्तव्य र पर्यटन व्यवसाय बन्द गरेर थेग्न नसकीने भन्दै स्वास्थ्य मापदण्ड कायम गरेर खोल्नुको विकल्प नरहेको बताएका छन्। 

पोखरा पर्यटन परिषद्‍का अध्यक्ष गोपीबहादुर भट्टराईले स्वास्थ्य मापदण्ड कायम गरेर सबै पर्यटन व्यवसाय र पर्यटकीय गन्तव्य  असोज १ गतेदेखि खोल्ने गरी तयारी भएको बताए। अहिले पोखराका होटल, रेष्टुरेण्ट खुला भइसकेका छन्। रेष्टुरेण्ट भने राति दश बजेसम्म खोल्न कास्की प्रशासनले अनुमति दिइको छ। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराका होटल, रेष्टुरेण्ट, शहासीक पर्यटकीय गतिविधि लगायतका खरवौ लगानी रहेको छ। 

कोभिडको कारण लामो समय व्यवसाय बन्द हुँदा पर्यटन उद्योग धारासाही हुने अवस्थामा पुगेको परिषद्का अध्यक्ष भट्टराई बताउँछन्। यसैले अब स्वास्थ्य मापदण्ड कायम गरेर व्यवसाय खोल्नुको विकल्प नरहेको उनले सुनाए। अहिले आन्तरिक पर्यटकलाई लक्षित गरी सहुलीयत प्याकेज पनि छिट्टै नै सार्वजनिक गर्ने पनि उनले बताए। 

असोज १ गतेदेखि पोखरा सम्पूर्ण रुपमा खोल्ने गरी तयारी अवस्थामा रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए। पोखराका धार्मिक, प्राकृतिक सम्पदाहरुको प्रतिनिधिले यसको तयारी गरेको पनि बताएका छन्। गुफाको आम्दानीले गुप्तेश्वर महादेव बहुमुखी कलेज र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गरिरहेको गुप्तेश्वर महादेव गुफाका कर्यालय प्रमुख नारायण पौडेलले अब पनि गुफा बन्द गरेर कलेज र पाठाला सञ्चालन गर्न नै नसकीने अवस्था आएकोले गुफा खोल्ने गरी तयारी गरिरहेको बताए। 

पोखराको प्रमुख आकर्षण प्याराग्लाइडिङको एकल उडान एक हप्ता अघि भए पनि व्यवसायीक उडान भने अझै भएको छैन्। असोज १ गतेदेखि व्यवसायिक उडानसमेत गर्ने गरी तयारी गरिएको नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए। पोखराका होटल र रेष्टुरेण्टमा आन्तरिक पर्यटक आउने क्रम सुरु भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन र रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताएका छन्। 

लकडाउन खुकुलो भएसँगै शुक्रबार र शनिबार आन्तरिक पर्यटक १५ देखि २० प्रतिशतसम्म आए पनि अरु दिनहरुमा त्यति पर्यटक आइनसकेको होटल संघका अध्यक्ष तुलाचनले बताए। भदौको अन्तिम सातादेखि सामान्य अवस्थामा पोखरा र अन्नपूर्ण पदयात्रा क्षेत्रमा पर्यटकको चाप सुरु हुन्थ्यो। कोभिडपछि पोखरा र अन्नपूर्ण पदयात्रा शुन्यता छाएको छ। गत वर्ष पनि असोज पहिलो सातादेखि कोरोना संक्रमण कम हुँदै गएपछि पर्यटन व्यवसाय खुला भएको थियो। बैशाख दोस्रो हप्तादेखि पून कोरोना संक्रमण बढेपछि १५ वैशाखदेखि पुन लकडाउन भएको थियो। 

जिल्ला प्रशासन कार्याल कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी कृष्णचन्द्र पौडेलले कोरोना संक्रमण कम हुँदै गएकोले असोज १ गतेदेखि पर्यटकीय क्षेत्र थप खुला गर्ने गरी तयारी भएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.