एमसीसी पारित ढिलाइबारे अमेरिकी चासो

एमसीसी पारित ढिलाइबारे अमेरिकी चासो

काठमाडौं : अमेरिकाले संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुँदा लाखौं नेपाली यसबाट पाउने लाभबाट बञ्चित भएको जनाएको छ। वासिङटन डिसीस्थित एमसीसीको मुख्यालयले एमसीसी पारित नगरि संसद अधिवेशन स्थगित गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो ।

गत महिना एमसीसीका उपाध्यक्ष फातिमा सुमारको भ्रमण भएका बेला संसदबाट एमसीसी पारित गर्ने बारे नेपाल सरकारले प्रतिवद्धता जनाएको समेत विज्ञप्तिमा उल्ल]ख छ । अमेरिकाले एमसीसीअन्र्तगत ६० अर्ब रुपयाँ अनुदान दिने भनेको छ। एमसीसी कार्यान्वयनअघि संसदबाट पारित गर्नुपर्ने व्यवस्था भएपछि नेपालका राजनीतिक दलहरु सोबारे विभाजित छन् । 

अमेरिकाले दिने भनेको झण्डै ६० अर्ब रुपयाँ नेपालको उर्जा र सडकलगायत पूर्वाधार विकासमा प्रयोग गरिने भनिएको छ । तर एमसीसी कार्यान्वयन गर्न भएको ढिलाइबाट नेपाली जनता त्यसको लाभ लिनबाट बञ्चित भइरहेको एमसीसी मुख्यालयले जनाएको छ।

उपाध्यक्ष सुमारसँगको भेटमा प्रधानमन्त्रीलगायत गठबन्धन दलका शीर्ष नेताहरुले एमसीसीबारे दलीय सहमति जुटाएर निर्णय लिने भनेका थिए। प्रतिपक्षी दल नेकपा एमालेले समेत सरकारको स्पष्ट धारणा आएपछि एमसीसीबारे प्रतिक्रिया दिने भनेको छ।

विसं २०७४ भदौ २९ गते तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका तर्फबाट वासिङटन डिसीमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.