विजय गच्छदारले देउवालाई भने- ‘मलाई उचित स्थान दिनुपर्छ’

विजय गच्छदारले देउवालाई भने- ‘मलाई उचित स्थान दिनुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले उपसभापति पदमा उम्मेदवारी दिने इच्छा देखाएका छन्। बुढानिलकण्डमा बुधबार बसेको संस्थापन पक्षको बैठकमा गच्छदारले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष शेरबहादुर देउवासँग आफ्नो उम्मेदवारीबारे जानकारी गराएका हुन्।

'म उचित स्थानमा आउन चाहन्छु। तपाईँहरु सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ,' सभापति देउवासँग उनले आग्रह गरेका थिए। त्यसअघि प्रधानमन्त्री देउवाले कुन कुन पदमा क-कसले उम्मेदवारी दिने भन्ने जिज्ञासा राखेका थिए।

गच्छदारको उचित स्थान भनेको उनी उपसभापतिमै दोहोरिनु हो। उनी निकट नेताहरुका अनुसार गच्छदारले उपसभासतिमा उम्मेदवारी दिनेछन्। उनका निकट कार्यकर्ताहरुले भोटका लागि लबिङसमेत गरिरहेका छने।

बुढानिलकण्ठमा बसेको बैठकमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखकले महामन्त्रीका लागि दाबी गरेका थिए। उनीहरु सबैले देउवासमक्ष आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए।  

नेपाली कांग्रेसको सबै गुटमा आकांक्षीहरु धेरै भएपछि शीर्ष नेतालाई उम्मेदवार टुंग्याउन हम्मे हम्मे परेको छ। सभापतिसहित पदाधिकारीमा कुनै गुटले पनि उम्मेदवारी टुंगो लगाउन सकेको छैन। पौडेल समूहले उम्मेदवार टुंगो लगाउनकै लागि प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बैठक बसेका छन्। पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउनेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.