अन्तिम मत परिणाम: देउवा २७२४, कोइराला १८१७

अन्तिम मत परिणाम: देउवा २७२४, कोइराला १८१७

काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्। 

सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। ३३ मत बदर भएको थियो। कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४५६४ जनाले मतदान गरेका थिए। यसअघि १३औं महाधिवेशनमा देउवाले रामचन्द्र पौडेललाई पराजित गर्दै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.