एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण च्यासलमा
काठमाडौं : नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीबाट मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहण आज हुँदैछ । बुधबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीका नवनियुक्त ४४ जना सदस्यलाई शपथग्रहण गराउने र त्यसपछि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गत आइतबारको बैठकले ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको थियो। बैठकले केन्द्रीय विभागका प्रमुख, प्रदेशका इन्चार्ज र पदाधिकारीसमेत तोकेको छ।
यी हुन् मनोनीत केन्द्रीय सदस्य
त्यस्तै भीम केसी, सुवास देवकोटा, हरिकृष्ण व्यञ्जनकार, इन्दिरा गौतम, सरस्वती चौधरी, मानवीर राई, यमुना रोका, कल्पना चापागाईं, आशा विक, उमा कोइराला, नैनकला ओझा, मञ्जु गुरुङ, इन्दिरा सञ्जेल, विमला अर्याल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, तारादेवी गुरुङ, सविता यादव, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, रतननाथ योगी, चन्द्रबहादुर विश्वकर्मा, सहदेव बोटी, बालसिंह काउछा र दुर्गा प्रसाईं केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
प्रतिक्रिया दिनुहोस !