नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु

नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु

नयाँ दिल्ली : नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु भएको छ। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गरेका छन्।

बैठकमा नेपाल भारत सम्बन्धलगायत विभिन्न विषयमा सम्झौता हुने बताइएको छ। हैदराबाद हाउसमा केही समयपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमको आयोजना हुँदैछ। 

वार्तापश्चात प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्दैछन्। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन्। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा टिप्पणी गरेका छन्।  उनले दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल भएको बताएका छन्। प्रधानमन्त्री देउवा र मोदीबीचको भेटले दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विस्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.