मोटरसाइकल, मोबाइल, मदिरालगायत १० प्रकारका सामान नेपाल आयात गर्न बन्देज (सूचीसहित)

मोटरसाइकल, मोबाइल, मदिरालगायत १० प्रकारका सामान नेपाल आयात गर्न बन्देज (सूचीसहित)

काठमाडौं : सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा मंगलबार सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

मन्त्रालयले वैशाख १३ गतेअगाडि नै बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज नगरिएको सचिव डा. गणेशप्रसाद पाण्डले जनाएका छन् । कूटनीतिक नियोगका अधिकारीहरुलाई भने सामान ल्याउन बन्देज लागू नहुने राजपत्रमा उल्लेख छ । 

  • १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
  • २. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)
  • ३. चुरोट तथा सुर्तीजन्य वस्तु  (कच्चा पदार्थ बाहेक)
  • ४. हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)
  • ५. मोबाइल सेट 
  • ६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
  • ७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)
  • ८. मोटरसाइकल २५० सीसीभन्दा माथिका
  • ९. सबै प्रकारका खेलौनाहरु
  • १०. खेल्ने तास

भन्सार विभागका अनुसार चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ। चैतमा एक महिनामै १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको विभागको तथ्यांक छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशत बढी हो। 

केन्द्रीय बैंकले आयातमा कडाइ गरेका केही वस्तु नेपालमै उत्पादन हुन्छन्। केही विलासिताका वस्तु आयात नहुँदा पनि उपभोक्तालाई कुनै असर पर्दैन। भन्सार विभागका अनुसार चालू वर्षको ९ महिनामा १० अर्ब ८३ करोडको सुगन्धित सामग्री, शृंगारका सामग्री र शरीर सफाइका (ट्वाइलेट)का सामान आयात भएका छन्। 

हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.