राष्ट्रपतिका विषयमा कांग्रेस कसैसँग सम्झौता गर्न सक्दैन, गर्दैन : उपसभापति खड्का

राष्ट्रपतिका विषयमा कांग्रेस कसैसँग सम्झौता गर्न सक्दैन, गर्दैन : उपसभापति खड्का

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा कांग्रेस कसैसँग सम्झौता गर्न नसक्ने बताएका छन्। उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गर्दै यस्तो बताएका हुन्।

शनिबार बिहान ट्वीट गर्दै उनले राष्ट्रपति, देश,जनता र संविधानसभाले बनाएको संविधानप्रति पूर्ण रुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्ने बताए। ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो।’  सभापति शेरबहादुर देउवा निकट नेता खड्काले भने, ‘मेरो प्रष्ट धारणा छ; ‘राष्ट्रपति-देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल-दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्दैन, गर्नुहुँदैन।’

पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।  

कांग्रेसले गैह्र राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी गरेको संकेत पाएपछि सत्तारुढ दलकै माओवादी केन्द्रका महासचिव देव गुरुङले सार्वजनिक रुपमा आपत्ति जनाएका छन्। सत्ता गठबन्धनबाट सरकार बनाउने निर्णय गरेपनि हालसम्म भागबण्डाबारे दलहरुबीच छलफल हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.