विद्युत चोरी गर्ने २१ जना रंगेहात पक्राउ
तुलसीपुरः दाङमा विद्युत चोरी गरेको आरोपमा २१ जना पक्राउ परेका छन्। वर्षौंदेखि विद्युत चोरी गरेर प्रयोग गरिरहेका २१ जनालाई पक्राउ गरिएको हो।
पवननगर र हेकुली गाविका २१ जनालाई प्रहरीले गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।पक्राउ परेकाका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ।
पटक–पटक आग्रह गर्दापनि अटेरी गर्ने र विद्युत हुकिङ गरी चोर्दै आएका २१ जनालाई नियन्त्रणमा लिइएको तुलसीपुर विद्युत प्राधिकरण कार्यालयका प्रमुख टंक गिरीले जानकारी दिए। उनले गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई रंगेहात पक्राउ गरिएको वताए। पटक–पटक हुक गरेका तार जफत गरी चोरी नगर्न अनुरोध गरे पनि अटेरी गरेकाले नियन्त्रणमा लिएर कारबाही गरेको उनले वताए।
प्राधिकरणको तुलसीपुर शाखामा २१ हजार विद्युत उपभोक्ता छन्। यसको सरदर २० प्रतिशत अन्य उपभोक्ता तार हुक (चोरी) गरेर विद्युत वाल्ने गरेको पाइएको गिरीले बताए।पक्राउ पर्नेमा हुक गरेर विद्युत बालेका र मिटर उल्टो बनाएर राखेकाहरु छन्। गएराति प्रहरीसहित विद्युतका कर्मचारी आफै खटिएर ति विद्युत चोरहरुलाई पक्राउ गरेका थिए। टोलीले विद्युत चोर्न प्रयोग भएका विद्युतीय उपकरणसमेत जफत गरेको छ।
प्रतिक्रिया दिनुहोस !