ठोरीबारे बोल्दा अफ्ठेरोमा प्रचण्ड, आयो हात काटिदिने चेतावनी

ठोरीबारे बोल्दा अफ्ठेरोमा प्रचण्ड, आयो हात काटिदिने चेतावनी

वीरगन्ज: प्रदेश २ मा पर्ने ठोरी गाउँपालिका प्रदेश ३ मा गाभ्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिविरुद्ध संघीय समाजवादी फोरम नेपालले मंगलवार वीरगन्जमा प्रदर्शन गरेको छ ।

ठोरीमा सोमबार भएको सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ठोरीलाई प्रदेश ३ मा गाभ्ने अभिव्यक्ति दिएका थिए ।

दाहालको अभिव्यक्तिले वीरगन्जलाई प्रादेशिक राजधानी बनाउने माग गर्दै एक सातादेखि निरन्तर चलेको आन्दोलन ओझेलमा परेको छ । ठोरीलाई प्रदेश २ मा कायम राख्ने विषयले वीरगन्जको राजनीति तातेको छ ।

वीरगन्जको घण्टाघर चोकमा मंगलवार अपराह्न आयोजित विरोधसभालाई सम्बोधन गर्दै फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले ठोरी पर्साको गहना ठोरीलाई अलग गरेर अन्य जिल्लामा मिसाउन चाहनेको हात काटिदिने समेत चेतावनी दिए ।

अध्यक्ष दाहालले आफुलाइ फेरि एक पटक मधेस विरोधी भएको पुष्टि गरेको बताए । अध्यक्ष दाहालले आफनो अभिव्यक्ति नसच्याए भोलिका दिनमा उनका पार्टीका नेता कार्यकर्तालाई वीरगन्जमा उभिन नदिने उनको भनाई थियो ।

मंगलवार नै वीरगन्जमा आयोजित ‘वीरगन्जको समग्र विकास’ सम्बन्धी अन्तरक्रियामा सहभागी मधेसवादी दलका नवनिर्वाचित सांसदले माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिको विरोध जनाए ।

२०७३ सालको साउनमा प्रदेशको सिमांकनबारे प्रमुख चार दलले गरेको सहमतिसँगै ठोरी प्रदेश नम्बर २ वा ३ कुनमा राख्ने भन्ने विषय बहसको रुपमा चल्दै आएको छ ।

पहाडी समुदायको बाहुल्य रहेको साविक ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस, हालको ठोरी गाउँपालिकालाई पर्साबाट छुटयाएर प्रदेश ३ को चितवन जिल्लामा गाभ्न माग गर्दै ठोरीका राजनीतिक दल र स्थानीयले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

ठोरीबारे के भनेका थिए प्रचण्डले ? 

प्रचण्डले भने: केरुङबाट आउने रेल ठोरी नाकाबाट भारतसम्म पुग्छ

 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.