ढुंगा लागेर प्रधानाध्यापकको निधन
नुवाकोट : घर बनाउने क्रममा ढुंगा लागेर नुवाकोटको पूर्वी भेगमा रहेको ककनीमा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ। सदरमुकाम विदुरदेखि ४० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका वडा नं ६ केउरेनीको पन्चकन्या रक्तकाली आधारभुत विद्यालयका प्रधानाध्यापक ४० वर्षीय इन्द्र नेपालको शनिबार ढुंगाले लागेर निधन भएको रानीपौवा श्रोतकेन्द्रका संयोजक तथा छिमेकी भवानी मावि रानीपौवाका प्रधानाध्यापक शंकर लोहनीले जानकारी दिए।
घर बनाउने क्रममा माथिबाट खसेको ढुंगा लागेर प्रअ नेपालको घटनास्थलमै ज्यान गएको आफन्तजनले बताए।दिवंगत प्रअ नेपालको आइतबार रानीपौवा श्रोतकेन्द्र अन्तर्गतका विद्यालयले श्रद्धान्जलीसभा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !