लकडाउनमा उब्जेका केही प्रश्‍न

लकडाउनमा उब्जेका केही प्रश्‍न

काठमाडौं : चीनको वुहान हुँदै अहिले विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले विश्वलाई मानवीय, आर्थिक र सामाजिक संकटमा पारिरहेको छ। कोरोना भाइरसको औषधि पत्ता नलागिरहेको अवस्थामा यसबाट बच्न सामाजिक दूरीको नीति अवलम्बन गरिएको छ। झन्डै पूरा विश्व अहिले लकडाउनको स्थितिमा छ। झन् हाम्रो जस्तो भीडभाडमा काम गर्नुपर्ने फिल्म क्षेत्र ठप्प नहुने त कुरै भएन। मैले पनि अहिले आफूलाई घरमा नै सुरक्षित गरेकी छु।

विश्वभर सबै क्षेत्र ठप्प भइरहँदा पनि मिडिया भने पाठक, श्रोता र दर्शकका लागि दिनरात सक्रिय छन्। मलाई सोच मग्न बनायो, हामी पो घरमा सुरक्षित छौं, समाचारमा विश्वभरका जानकारी लिइरहेका छौं। तर तिनै हामीलाई सूचना पुर्‍याउने पत्रकारको अवस्था कस्तो होला ?  कसरी काम गरिरहेका होलान् ?  के उनीहरूले परिवारको भन्दा बढ्ता ध्यान आफ्ना समाचारलाई दिएका होलान् ?  यी प्रश्नले एकाएक दिमाग रन्थनाउन थालेपछि मैले चिनेका पत्रकार साथीबारे सोच्न थालें। एकजना रङ पत्रकार जीवन पराजुलीलाई अनलाइनमा देखेँ अनि फोन लगाएँ।

सधैं कलाकारलाई प्रश्नमाथि प्रश्न राख्ने जीवन अचानक मेरा प्रश्नले छक्क परे। जवाफमा बोले, ‘पत्रकारले यतिबेला दोहोरो भूमिका निर्वाह गर्नु परिरहेको छ, पेसा अनि जीवन रक्षाको।’ मलाई फेरि अलि फरक कुरा सोध्न मन लाग्यो। ‘सरकारलाई अरूले गरेको सहयोगको समाचार मात्र लेख्नुहुन्छ कि आफू नि केही सहयोग गरिरहनु भएको छ ? ’ यो मेरो प्रश्न हावादारी पनि लाग्न सक्थ्यो तर भन्न जीवनले हावामा उडाई दिएनन्। ‘मूलतः पत्रकारको पेसा खबर सम्प्रेषण गर्नु नै हो। यो अप्ठ्यारो परिस्थितिमा हरेक पेसामा आबद्ध व्यक्तिले आफूले सक्ने सहयोग गरिरहेकै छन्’।

राज्य लकडाउन गरेर कोरोना संक्रमणको सम्भावना न्यून बनाउन लागिपरेको छ। यस्तो अवस्थामा हरेकले लकडाउनको पालना गर्नैपर्छ। भने, ‘अहिलेको विषम परिस्थितिमा आफू सचेत हुँदै अरूलाई पनि सचेत रहन विभिन्न माध्यमबाट मद्दत गरिरहेको छु।’

हामी कलाकारहरू त चलचित्र क्षेत्र नै ठप्प भएपछि घरमा छौं। पत्रकारले भने सम्पूर्ण समय परिवारलाई दिन सकेका छैनन्। यद्यपि परिवारलाई दिनुपर्ने समय भने छुट्ट्याउन सकेका छन्। ‘पहिलेभन्दा धेरै नै बढी समय घरमा बिताइरहेको छु। अहिलेको परिस्थितिमा ‘वर्क फ्रम होम’ भन्ने मान्यता शिरोपर गर्दै घरबाट नै काम गरिरहेको छु। आवश्यक पर्दा फिल्डमा पनि निस्किनुपर्छ।’

पत्रकार जीवन पराजुली 

कोरोनाको महामारीमा धेरैमा मनोवैज्ञानिक असर देखिएको छ। हामीलाई हरबखत अब के खबर सुन्नु पर्ने हो ?  भन्ने त्रासले गाँजिरहेको छ। सामान्य अवस्थामा नै हाच्छिउँ आयो अथवा खोकी लाग्यो भने पनि डर पैदा भएको छ। यस्तो अवस्थामा आफ्नो काम सँगसँगै परिवारको मनोविज्ञानलाई पनि बदल्नुपर्ने हुन्छ।

कोरोनाको महामारीले देशको अर्थतन्त्रमा ठूलो असर परेको छ। उद्योग, कलकारखानालगायत मनोरञ्जन क्षेत्रमा ठूलो गिरावट आउने पक्का छ। अहिले सामान्य लागे पनि निकट भविष्यमा कोभिड १९ ले निम्त्याएको संकट बेहोर्नुपर्छ नै। अप्रत्याशित रूपमा फैलिएको भाइरसको प्रकोपले नेपालजस्तो अल्पविकसित देशलाई ठप्प बनाएको छ जसको कारण सम्पूर्ण योजना अलपत्र छन्। यो समयमा पत्रकारिता क्षेत्रमा पनि ठूलो झट्का लागेको छ।

कुरै कुरामा कोरोनाको प्रसंग छोडेर अर्कै प्रश्न सोध्न मन लाग्यो। ‘तपाईं सधैं कलाकारलाई मात्र प्रश्न गर्नुहुन्छ कि कहिलेकाहीँ स्वयं आफूलाई पनि प्रश्न गर्नुहुन्छ ? ’ उनको उत्तर थियो, ‘किन नगर्नु ?  मैले तपाईंहरूलाई जति प्रश्न गर्छु त्योभन्दा बढी आफंैलाई गर्छु। तपाईंलाई राख्ने प्रश्न छनोट गर्दा सोही प्रश्न पहिले आफैंलाई सोधेर मनन गर्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.