मीड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन
सोलुखुम्बु : सोलुखोलामा निर्माण सम्पन्न मध्य (मीड) सोलुखोला जलविद्युत आयोजनाले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ ।
उपकरण परिक्षणको काम सफल भएपछि नेपाल विद्युत प्राधिकरणले निरिक्षण गरेपश्चात गत आईतबारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ ।
कम्पनीका इलेक्ट्रिकल इन्जिनियर एवं प्लाट इन्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । १५ दिन सम्म परिक्षण गरेपश्चात बिद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाईड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए ।
९.५ मेगावार्ट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत उत्पादन गर्न सक्ने निर्देशक मैनालीले बताए । २०७७ असोजमा निर्माण शुरु भएको १३२ केभी प्रसारण लाईन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सवस्टेशन तिङलामा जोडिएको छ ।
दुई वर्ष मै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत गृह सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !