पर्यटनमन्त्रीद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात (अडियोसहित)

पर्यटनमन्त्रीद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात (अडियोसहित)

मन्त्री हुकुमी, कर्मचारी निरीह

काठमाडौं : पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ। 

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। 

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए। 

पहिलो धम्की  : फोनबाट

केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे। 
अधिकारी  : हेलो।
आले  : हेलो।
अधिकारी  : हजुर मन्त्रीज्यू, नमस्कार। 
आले  : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न।
अधिकारी  : किन नि ! के गरिनँ र ?

आले  : घण्टा गर्ने ...(अश्लील शब्द) सोमबार, सोमबार। ...(अति अश्लील शब्द) गर्ने सोमबारसम्म। 
अधिकारी  : होइन, उ... माग्नुपर्‍यो नि त्यो तलबाट। 
आले  : पर्दैन, पर्दैन माग्नु। पर्दैन। 
अधिकारी  : ... यति–यति चाहियो भनेर। 
आले  : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब। 

अडियो सुन्नुस्:

दोस्रो दुर्व्यहार  : कार्यकक्षमै 

दुई अडियोको शृंखला हेर्दा लाग्छ– सम्भवत : अधिकारी त्यसपछि मन्त्री आलेको कार्यकक्षमा गए। 
(ढोका खुलेको सुनिन्छ। शायद त्यहाँबाट अधिकारी छिर्छन्।)

अधिकारी  : मन्त्रीज्यू, नमस्कार। 
आले  : मोबाइल स्विच अफ गर् तेरो पहिला। स्विच अफ गर्।
(खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ।) 
आले  : चोर... (अति अश्लील शब्द)। के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस् तैंले ? के 
गर्छस् ? ... (अति अश्लील शब्द)। 
(डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ) 

अस्पष्ट आवाज  : मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्।
तेस्रो व्यक्तिको आवाज सुनिन्छ  : मन्त्रीज्यू प्लिज।... मन्त्रीज्यू नगर्नुहोस्।
आले  : सेन्टरमा तान्दिन्छु भोलि। ... (अति अश्लील शब्द)।
अधिकारी  : मिलाउँछु भनिसकेँ त। 
आले  : तैंले के गर्छस् ?
अधिकारी  : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त। 
आले  : कति चोटि भन्ने ? कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ?
(केही अस्पस्ट कर्‍याक–कर्‍याक आवाज आउँछ। सम्भवत : मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन्।)

अधिकारी  : छैन, छैन। केही छैन। 
आले  : स्विच अफ गरेर अगाडि राखिदे। 
तेस्रो व्यक्ति  : अफै गर्दिनु ? हस्।

अडियो सुन्नुस्:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.