भूगोल र आकृति च्याम्पियन

भूगोल र आकृति च्याम्पियन

पोखरा : ४ नम्बर प्रदेशस्तरीय अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि कास्कीका भूगोल गुरुङले जितेका छन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा भएको प्रतियोगितामा गुरुङले बागलुङका विवेक जीसीलाई १८-२१, २१-८, २१-२ को तेस्रो सेटमा पराजित गरे ।

यसैगरी महिला एकलतर्फ कास्कीकी आकृति केसी च्याम्पियन बनिन् । केसीले कास्कीकै प्रजिता गुरुङलाई २१-१८, २१-५ को सोझो सेटमा पराजित गरिन् ।

प्रतियोगिताको मिक्स डबल्समा कास्कीका यमकुमारी गुरुङ र विशाल खड्काको जोडीले बागलुङका मीना श्रेष्ठ र विवेक जीसीको जोडीलाई २१- १७, २१- १३ को सोझो सेटमा पराजित गर्दै प्रथम भए ।

महिला एकल जुनियरमा कास्कीकी आकृति केसीले कास्कीकै प्रजिता गुरुङलाई पराजित गर्दै उपाधि जितिन् । केसीले गुरुङलाई २१-१३, १६-२१, २२-२० मा पराजित गरिन् । केसी महिला एकलको पनि च्याम्पियन हुन् । पुरुष डबल्सतर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले कास्कीकै भूगोल गुरुङ र विशाल खड्काको जोडीलाई २१-१०, १७-२१, २१-१८ को सेटमा पराजित गरे।

यू-१९ पुरुषतर्फको खेलमा कास्कीका विधान अधिकारीले बागलुङका सलिन पौबीलाई २१-५, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । प्रदेशस्तरीय प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले काठमाडौंमा हुने अन्तिम चरणको खुलातर्फको अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता भाग लिन पाउनेछन् ।

प्रतियोगितामा प्रदेश नम्बर ४ का ६९ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानसिंह बोहरा, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य जयलाल हमाल, कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले पुरस्कार प्रदान गरे ।

डीआईजी बोहराले अन्नपूर्ण पोस्ट्ले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशस्तरीय र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गरेर खेलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलको बताए । राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य जयलाल हमालले खेलकुदको विकासका लागि प्रतियोगिता निरन्तर हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.