जग्गामा अड्कियो विमानस्थल सपना

जग्गामा अड्कियो विमानस्थल सपना

धरान : सुनसरीको धरानमा जग्गा व्यवस्थापन हुन नसकेपछि विमानस्थल निर्माण अलपत्र बनेको छ। धरानसँगै विमानस्थल निर्माण स्वीकृत भएको इलाममा भने हालै परीक्षण उडान सफल भएको छ।

पर्याप्त जग्गा व्यवस्थापन नभएपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका थप काम अघि बढाउन सकेको छैन। विमानस्थल बनाउने सरकारको निर्णयसँगै प्राधिकरणले विस्तृत अध्ययन प्रतिवेदन र वातावणीय प्रभाव मूल्यांकनको काम सम्पन्न गरिसकेको छ।

नेकपा धरानका नेता चोत्लुङ लिम्बूले धरानका मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारीले जग्गा व्यवस्थापनमा चासो नदेखाउँदा विमानस्थल निर्माण अनिश्चित बनेको आरोप लगाए। भने, ‘जनप्रतिनिधिले विमानस्थल निर्माणका लागि जग्गा व्यवस्थापनमा चासो नदेखाएका कारण कामले गति लिन नसकेको हो।’

प्राधिकरणले धरान–१७ स्थित डाँडाघोपामा विमानस्थल निर्माणका लागि भन्दै विस्तृत अध्ययनका लागि २ करोड बजेटसमेत विनियोजन गरेको थियो। प्राधिकरणले विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन तयार र वातावरणीय प्रभाव मूल्यांकन गर्न प्राविधिक टोली खटाएर काम अघि बढाउँदा पनि उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसकेको हो।

आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयलाई काठमाडौंसम्म आवतजावतमा सहज बनाउने उद्देश्यसाथ थालिएको विमानस्थलको काम अन्तिम समयमा जग्गाकै कारण अन्योलग्रस्त बनेको कांग्रेस धरानका सभापति तिलक राईले बताए। भने, ‘तत्काल विमानस्थलका लागि जग्गा व्यवस्थापन गर्न उपमहानगरपालिकाले काम गर्नुपर्छ।’


प्राधिकरणले प्राविधिक टोली खटाएर काम अघि बढाउँदा पनि धरान उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न सकेको छैन।

प्राधिकरणका इन्जिनियर पुष्पराम न्यौपानेले विमानस्थल निर्माणको प्रारम्भिक चरणका काम अघि बढेको र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारीको काम अघि बढाइएको बताए। भने, ‘जग्गामै समस्या भएपछि कसरी काम अघि बढ्छ ? ’ उनले प्रश्न गरे। उनले वातावरण मन्त्रालयबाट विमानस्थलका लागि स्वीकृति लिनुपर्ने र त्यसअघि आवश्यक जग्गा चाहिने बताए।

सुरुमा ट्विनअर्टर जहाजका लागि विमानस्थल निर्माण गर्ने भनिए पनि बढ्दो सहरीकरण र जनसंख्या वृद्धिका आधारमा एटीआर ४२ सम्मका जहाज बस्न सक्ने क्षमताको बनाउन प्राधिकरणले काम अघि बढाएको छ। प्राधिकरणले कम्तीमा १८ बिघा जग्गा व्यवस्थापन गर्न उपमहानगरपालिकालाई पत्राचार गरेको थियो। हाल ४० बिघा चाहिने भएकाले जग्गा व्यवस्थापनको जिम्मा उपमहानगरले पाएको जनाइएको छ।

धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा यती एन्ड कर्पोरेटका नाममा रहेको सात बिघा र उपमहानगरपालिकाको स्वामित्वको सात बिघा गरी १४ बिघा जग्गा तयारी अवस्थामा रहेको बताए। तर, उपमहानगरपालिकाबाट काममा चासो नदिइएको स्थानीय रोशन राईले बताए। उपमेयर भण्डारीले विमानस्थल निर्माणका लागि केन्द्रले स्थानीय सरकारसँग समन्वय नगर्दा समस्या भएको बताइन्। भनिन्, ‘विमानस्थल निर्माणका लागि सरकारसँग समन्वय गरेर अघि बढ्छौं।’ उपमहानगर जिम्मेवारीबाट पछि नहट्ने उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.