ऊ कहाँ पुग्यो होला !

ऊ कहाँ पुग्यो होला !

साँघुुरो पुुस्तक पसल, दायाँबायाँ ससाना काठका सोकेस, सोकेसमाथि विभिन्न थरी पुुस्तक–पत्रिकाहरू। सोकेस पछिल्तिर र्‍याक। पुुस्तकहरूले भरिएका। केही ठाडा, केही तेर्सो। र्‍याक र सोकेसहरूको बीचमा एकजना मानिसमात्रै उभिन मिल्ने ठाउँमा उभिएका थिए, बाबुु। साहुुनीको सहायक। ग्राहक आउँथे, पुुस्तक र पत्रिका छान्थे। बाबुु नयाँनयाँ पुुस्तक देखाउँथ्यो। देखाउँदा देखाउँदै पुुस्तकको वर्णन पनि गथ्र्यो। एक थान पुुस्तक किन्न गएका ग्राहक बाबुुको वर्णन शैलीबाट मुुग्ध भएर दुुईचार थरी पुुस्तक किनेर निस्कन्थे। बाबुुसँग ग्राहक रिझाउने खुुबी थियो। कुुनै पनि नयाँ पुुस्तकमा सरर्र आँखा दौडाएपछि पुुस्तकबारे फरर्र बोल्न सक्ने खुुबी थियो, उसको। पुुस्तक पसलमा बाहेक ऊ बिहान बेलुुकी साहुुनीको घरमा काम पनि गथ्र्यो।

पढ्न काठमाडौं छिरेको थियो, बाबुु। नाता पर्ने एकजना दाजुुले यहाँ काममा लगाइदिएका थिए उसलाई। बस्ने, खाने, पसलमा काम गर्ने अनि राति कलेज पढ्ने। कलेज भर्ना हुुन र मासिक दस्तुुर तिर्न साहुुनीले व्यवस्था गरिदिएकी थिइन्। उदार थिइन् साहुुनी। घरको काम पनि गरिदिने, पसल पनि हेरिदिने। निकै सजिलो भएको थियो साहुुनीलाई, बाबुु आएपछि। साहुुनीको जेठो छोरोभन्दा चार वर्ष जति कान्छो थियो बाबुु। पढ्न रुचि भएकोले पनि होला, बाबुु यहाँ काम गर्न गाह्रो मान्दैनथ्यो। फुुर्सदको समय पाउने बित्तिकै पसलमा आएका नयाँ पुुस्तक पढ्न बसिहाल्थ्यो।

बेलाबेला गाउँबाट कुुरौनी, घिउ, गुुन्द्रुुक, मकैको पीठो आउँथ्यो बाबुुलाई। गाउँका कोही काठमाडौं झर्ने थाहा पाउनेबित्तिकै छोरालाई कोसेली पोको पार्न हतारिन्थिन् बाबुुकी आमा। कोसेली आइपुुगेको दिन घर मगमग वासना आउँथ्यो। घरमै बनेको घिउको वासना। बाबुुलाई मन पर्ने वासना घरका अरू सदस्यलाई मन पर्दैनथ्यो। कुुरौनीको वासना त झन् डढेको दूधको जस्तो हुुन्थ्यो। वरिपरिका छरछिमेकले थाहा पाइहाल्थे। वल्लो पल्लो घरका छिमेकी भाउजूहरू बाबुुलाई सोध्थे, ‘बाबुु कोसेली आइपुुगेजस्तो छ नि गाउँबाट ? ’ बाबुु मुुसुुक्क मुुस्कुुराउँथ्यो। तर, ऊ मुुस्कुुराएको कसैले देख्दैनथ्यो। टाउको उँधोमुुन्टो लाएर मुुस्कुुराएको कसले देखोस्।

बर्जित थियो, बाबुुलाई टोलछिमेकका महिलाहरूसित आँखा जुुधाएर बोल्न। पैसाको मामिलामा उदार साहुुनी महिलाको मामिलामा कठोर थिइन्। घरदेखि पसलसम्म जाँदा बाबुु साहुुनीको पछिपछि हिंड्थ्यो, टाउको उँधोमुुन्टो लाएर। पसलमा पुुरुष ग्राहकहरूसँग गफिइरहेको बाबुु महिला ग्राहक छिर्नेबित्तिकै एकाएक उँधोमुुन्टो लाउँथ्यो। अनि एकैछिनमा दराज र सोकेस बीचको कुुच्रुुक्क परेको ठाउँमा घुुस्रिन्थ्यो। आफैं कारोबार गर्थिन्, महिला ग्राहकहरूसँग साहुुनी। महिला ग्राहकहरूसँग सीधासीधा कुुरा गरेको साँझ बाबुुले निकै बेइज्जती बेहोर्नुु पथ्र्यो। नानाभाँतीका फोहोरी र कहिल्यै नसुुनेका शब्दको वर्षा हुुन्थ्यो। यस्तो गाली सुुन्ने बानी परिसकेको थियो, उसलाई। बुुझ्न सकेको थिएन उसले किन महिलासित आँखा जुुधाएर कुुरा गर्नुु हुुन्न ?

साहुुनीमा महिलाहरूप्रति एक प्रकारको वितृष्णा थियो। हरेक महिलालाई शंकालुु दृष्टिले हेर्थिन् उनी। छिमेकीका श्रीमतीहरू झ्यालमा बसेको देख्दा बाबुुसँग मस्किन आएको जस्तो लाग्थ्यो साहुुनीलाई। बाटोमा हिँडेका केटीहरू, पसल अघिल्तिरका छोरीबेटी, आफ्नै भान्जीहरूसमेत पनि बाबुुप्रति आकर्षित भएको ठान्दथिन् उनी। अन्य महिलाहरूप्रति उनको आशंका बुुझिनसक्नुु थियो। मस्किनुु शब्द बाबुुले पहिले कहिल्यै सुुनेको थिएन। गाउँमा गोठाला जाँदा, विद्यालय जाँदा, मेलापात जाँदा केटा र केटी साथीहरू सधैं सँगै हुुन्थे। जिस्किन्थे, खेल्थे, झगडा पनि गर्थे। केटीहरू देख्दा युुवावयको बाबुुको आँखा तन्किनुु स्वाभाविक थियो। मनमा हलचल हुुनुु प्राकृतिक थियो। तर मस्किनुु ? बाबुुको मथिंगलमा यो शब्द घुुस्नै सकिरहेको थिएन। ऊ उँधोमुुन्टो लाएर हिंड्थ्यो। बस्। काठमाडौं उसका लागि बिरानो ठाउँ थियो। नातामा दाजुु पर्नेबाहेक कोही थिएनन्, यहाँ आफ्नो भन्ने। बेलाबेला आमाको कल आउँथ्यो। आमा हतारहतार सन्चो बिसन्चो सोध्थिन् र फोन राख्थिन्। मस्किनुुको अर्थ आमालाई सोध्ने आँट कहिल्यै गरेन उसले।

साहुुनीमा रहेको महिलाहरूप्रतिको यो आशंका र बन्देज बाबुुमा मात्रै सीमित थिएन। बेलाबेला श्रीमान्सित पनि अरू केटीहरू मस्किने गरेको आरोप लगाउँथिन् उनी। सुुरु हुुन्थ्यो झगडा। त्यो घरमा हुुने झगडाको मूल कारण यही हुुन्थ्यो धेरैजसो। यस्तै झगडा र कचकच बेहोरेर बाबुुले त्यस घरमा डेढ दशक गुुजार्‍यो। दशक के भन्नुु, एक जीवन नै गुुजारेको अनुुभव बटुुलिसकेको थियो उसले। बाबुुका दुुुुई भाइ विद्यालयको पढाइ सकेर काठमाडौंमा उच्च शिक्षा पढ्न आइसकेका थिए, यो अवधिमा। सुुरुका दुुईचार दिन सँगै राख्यो, भाइहरूलाई उसले। पछि बेग्लै डेराको व्यवस्था गरिदियो। मस्किने शब्दको आतंकबाट भाइहरूलाई टाढा राख्न चाहन्थ्यो ऊ।

बाबुुले काम गर्न सुुरु गर्दा साहुुनीको दुुईतले सानो घर थियो। इँटा र माटोको गारोले बनेको। अलिकति करेसाबारी पनि थियो। बाबुुको वाकपटुुता र साहुुनीको मेहनतले अहिले करेसाबारीमा पक्की घर ठडिइसकेको थियो। साहुुनीमा महिला फोबिया र मस्किने सिन्ड्रोम नहँुुदो हो त उनी निकै प्रगति गर्नसक्ने खुुबी भएकी महिला थिइन्। आँटिली। निडर। जुुझारु। साहुुनीका श्रीमान् राज्यद्रोहको आरोपमा भूमिगत थिए। बेलाबेला टुुप्लुुक्क आइपुुग्थे। फेरि हराउँथे। राजनीतिक कार्यकर्ताकी श्रीमती, चार सन्तान, कारोबार। सबै कुुरालाई मिलाउँदै संघर्ष गरिरहेकी साहुुनीलाई झाँसीकी रानीको संज्ञा दिन्थ्यो, बाबुु। आमा त कहिल्यै भनेन उसले साहुुनीलाई। तर, दर्जा उही दिन्थ्यो। बाबुुको आफ्नै आमाभन्दा निकै जेठी थिइन्, साहुुनी। बाबुुकी आमा छोरो भेट्न आएकी थिइन्, एकपटक। निकै सम्मान गरेकी थिइन्, साहुुनीले आमाको। बाबुुका बुुवाको निकै नाम चलेको थियो उनको जिल्लाभरि। गाउँको विद्यालयमा पढाउँथे उनी। निरौला सर भनेपछि नचिन्ने कोही थिएनन्। संस्कृत र नेपालीका प्रखर विद्वान्। बुुवाकै गुुण सरेको हुुनुुपर्छ, बाबुुमा। ऊ पनि पढाउनमा निकै खप्पिस थियो। साहुुनीका माहिला, कान्छा छोराहरूलाई पढाउने पनि गथ्र्याे, बाबुु। अक्षर सुुन्दर थिए, उसका। नेपाली र हिसाबमा पोख्त थियो, ऊ।

डेढ दशक लामो संगतपछि एक दिन बाबुुले त्यो घर छाड्ने निधो गर्‍यो। सायद उँधोमुुन्टो लाएर हिँड्दा हिँड्दा उसका गर्धन थाकिसकेका थिए। बाबुुले उँधोमुुन्टो लाउँदालाउँदै देशमा निकै ठूलो उथलपुुथल आइसकेको थियो। राजाले दरबार त्यागिसकेका थिए। जनप्रतिनिधिहरू शासनसत्तामा थिए। मानिसहरू स्वतन्त्रपूर्वक बोल्न, लेख्न र सुुन्नसक्ने भइसकेका थिए। सायद यसैको असरले पनि होला, बाबुु पनि स्वतन्त्र हुुन चाहन्थ्यो। खुुला आकाशमा उड्न चाहन्थ्यो। शिर ठाडो पारेर हिँड्न चाहन्थ्यो। साहुुनी उदार थिइन्। उनले बाबुुलाई रोकिनन्। बरु जाने बेला एउटा खाममा एक बिटा पैसा थमाउँदै आशीर्वाद दिएर बिदा गरिन्। उँधोमुुन्टो लाएको सम्झनाले सताउँथ्यो भनेर होला बाबुुले फेरि कहिल्यै त्यो घरमा पाइला टेकेन। फर्केर हेरेन। सम्पर्क पनि राखेन। सहरमै बस्यो, गाउँ पनि गएन। पिंजडाबाट छुुटेको चराजस्तो ऊ खुुला आकाशमा स्वतन्त्र भएर उड्दाउड्दै अलप भयो। कहाँ पुुग्यो होला बाबुु ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.