मूल्य वृद्धिको विश्लेषण गर्दै सरकार

मूल्य वृद्धिको विश्लेषण गर्दै सरकार

 काठमाडौ : सरकारले दैनिक उपभोग्य वस्तुको बजार भाउ विश्लेषण गर्ने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको विश्लेषण सुरु गरेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि बजार भाउ आकासिएको छ। मूल्य विश्लेषणको प्रारम्भिक चरणमा व्यापारीले आफूखुसी एउटै वस्तुको फरकफरक मूल्य कायम गरी बिक्री गर्दै आएको फेला परेको छ।

विभागले अनुगमन तीव्र बनाए बजेट अघि र अहिलेको उपभोग्य वस्तुको मूल्य सूची संकलन गर्न सुरु गरेको हो। विभागले विभिन्न थोक र खुद्रा पसलबाट विभिन्न ब्रान्डका तोरीको तेल, सनफ्लावर तेल, सोयाविन तेल, घिउ, दाल, चामल र गेडागुडीको खरिद र बिक्री बिल संकलन गरेको छ।

विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले महँगीका विषयमा जानकारी लिन मूल्य विश्लेषण सुरु गरिएको जानकारी दिए। अनुगमनको क्रममा करिब तीन दर्जन पसलबाट लिइएको मूल्यसूचीअनुसार दैनिक उपभोग्य वस्तुको मूल्य पसलपिच्छे फरकफरक भेटिएको छ।

अनुगमन प्रतिवेदनअनुसार फैमिली तोरी तेल एक सय ३० देखि एक सय ७० सम्ममा बिक्री भइरहेको छ। पसलेले धारा तोरी तेल प्रतिलिटर एक सय ९० देखि दुई सय १० रुपैयाँ, शक्ति भटमासको तेल एक सय १५ देखि एक सय ३० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्।

फैमिली सनफ्लावर तेल एक सय ३५ देखि एक सय ६० रुपैयाँमा बिक्री भइरहेको छ। फर्चुन सनफ्लावर तेल एक सय ९० देखि दुई सय २० सम्ममा बिक्री भएको अनुगमनमा फेला परेको छ। फैमिली हेल्थ तोरीतेल पनि एक सय ४० देखि एक सय ६० रुपैयाँ कायम गरी बिक्री भइरहेको छ। सफारी हेल्थ सनफ्लावर तेल एक सय ३० देखि एक सय ६०, कुक सोयाबिन तेल एक सय ४० देखि एक सय ७० सम्म स्वस्तिक सोयाविन तेल एक सय १५ देखि एक सय ३० सम्ममा फरक मूल्यमा बिक्री भइरहेको छ।

बजेट वक्तव्य सार्वजनिक भएपछि राजधानीमा व्यापारीले आफूखुसी फरक फरक मूल्य लिए पनि विभागले भने तेल, गुडागुडी, दाल र चामलको मूल्य वृद्धि नभएको जनाएको छ। नेपाल खुद्रा व्यापार संघले भने बजेट वक्तव्यपछि थोक बिक्रेताबाट प्रत्येक उपभोग्य वस्तुको मूल्यमा १० देखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि भएर आएको जनाएको छ।


मूल्य विश्लेषणको प्रारम्भिक चरणमा व्यापारीले आफूखुसी एउटै वस्तुको फरकफरक मूल्य कायम गरी बिक्री गर्दै आएको फेला परेको छ।

संघका अनुसार चामल, खानेतेल, दाल, गेडागुडी, चिनीलगायत उपभोग्य वस्तुको मूल्य अकासिएको छ। संघका अनुसार थोक बिक्रेताले सबै प्रकारका खानेतेलको प्रतिलिटरमा १५ देखि २० रुपैयाँ मूल्य वृद्धि गरेका छन्। बजेटअघिसम्म एक सय १५ रुपैयाँ मूल्य रहेको सोयाबिन (भटमास) को तेलको मूल्य अहिले एक सय ३० रुपैयाँ पु¥याइएको छ। यस्तै एक सय २० रुपैयाँमा पाइने सनफ्लावरको तेलको मूल्य एक सय ३५ मा पुगेको छ। एक सय २० रुपैयाँको तोरीको तेलको मूल्य वृद्धि गरी एक सय ४० पु¥याइएको छ। यसैगरी प्रतिकिलो एक सय १५को वनस्पति घिउ अहिले एक सय ३५ रुपैयाँ कायम गरिएको छ।

चामलको जातअनुसार २०, २५ र ३० किलोका बोरामा थोक बिक्रेताले ५० देखि डेढ सय रुपैयाँसम्म मूल्य वृद्धि गरी बजारमा पठाएका छन्। खुद्रा बिक्रेताले त्यसमा सय रुपैयाँ थप जोडी उपभोक्तासँग एक बोरामै दुई सय रुपैयाँ बढी असुल गर्न थालेका छन्। दालतर्फ मासको दालतर्फ १५ रुपैयाँ वृद्धि गरी ८५ रुपैयाँ उपभोक्ता मूल्य कायम गरिएको छ। अन्य दालमा पनि प्रतिकिलोमा ५ देखि १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ। विभागका शाखा अधिकृत श्रेष्ठले बजारबाट संकलन भएको खरिद बिल र बिक्री बिलको विश्लेषण गर्ने काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.