जलविद्युत्का कारण पुल जोखिममा

जलविद्युत्का कारण पुल जोखिममा

फिदिम : पाँचथरको याङवरक र ताप्लेजुङको सिरिजंघा गाउँपालिका जोड्ने काबेली नदीमाथिकोे मोटरेबल पुल जोखिममा छ । काबेली बीवान जलविद्युत् आयोजनाले नदीमाथिको इमा–काबेली मोटरेबल ट्रस्ट पुल जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गरेको हो ।

विद्युत् आयोजनाको हेडवर्क साइडदेखि पाइप लाइन विस्तार गर्दा पुललाई जोखिममा परिएको हो । पाइप लाइन विस्तारका लागि मोटरेबल पुलको जग वरिपरि खाल्डो खनिएको छ । मोटरेबल पुलको आसपास बालुवासमेत निकाल्न नपाउने कानुनी प्रावधान छ । पुल वरिपरि कुनै पनि किसिमको निर्माणका कार्य गर्न नपाउने व्यवस्था भए पनि जलविद्युत् आयोजनाले पुलको जग वरिपरि नै पूर्वाधार निर्माणको काम गरेको हो । पुलको पाँचथरतर्फको दायाँबायाँ खण्डमा ठुल्ठूला खाल्डा पारिएका छन् । पुलको जग वरिपरि खनेर आयोजनाका लागि पाइलाइन विस्तार गरिएको हो । पुलमाथि माटोले भरिएको छ । सडकबाट बगेर गएको भेल सोझै पुलमा गएर जमेको छ । पुलमा माटो र हिलो जमेका कारण पुल नै हिलाम्मे सडकजस्तो देखिन्छ ।

विद्युत् आयोजनाले पाइपलाइन विस्तारका लागि पुल वरिपरि खाल्डा पारे पनि अहिले खाल्डा पुरेर पुल सञ्चालनमा ल्याइएको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । विद्युत् आयोजनाका लागि खनिएको खाल्डोमा पाइप लगाएर पुरेपछि पुल सञ्चालन भएको हो । ‘पाइप पुरेका कारण पुल अवरुद्ध भएको देखिँदैन’, घिमिरेले भने, ‘पुल जोखिममा छ÷छैन भन्ने प्राविधिक ज्ञान भएन, त्यसका लागि गाउँपालिकाले चासो दिनेछ ।’ खाल्डो पुरेपछि पुल जोखिमुक्त भएजस्तो देखिएको उनले बताए ।

पूर्वाञ्चल डिभिजन कार्यालय इलामअन्तर्गत पुल निर्माण गरिएको हो । नौ करोड लागतमा निर्माण गरिएको पुल ०६८ साउन १६ गते उद्घाटन गरिएको थियो । पुल सञ्चालनमा आएपछि पाँचथरसँग ताप्लेजुको पूर्वीखण्डका दुई गाउँपालिकाबीच यातायातको सोझो सम्पर्क भएको थियो ।

सडक डिभिजन कार्यालयले जोखिममा परेको पुलबारे अहिलेसम्म चासो दिएको छैन । पुलबारे कसैले चासो नराख्दा पुल नै जोखिममा पर्ने गरी विद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुल वरिपरि खाल्डा पारेर विद्युत् आयोजनाले पूर्वाधार निर्माण गरे पनि पुललाई असार नपारिएको काबेली बी वान जलविद्युत् आयोजनाका सिभिल हाइड्रोपावर इन्जिनियर माधव भुर्तेलले जानकारी दिए । ‘पुललाई सपोर्ट हुनेगरी पूर्वाधार निर्माण गरेका छौं’, भुर्तेलले भने, ‘जलविद्युत् आयोजना निर्माणका कारण पुल जोखिममा प¥यो भन्न मिल्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.