२० हजार उपभोक्ता खानेपानीबाट वञ्चित

२० हजार उपभोक्ता खानेपानीबाट वञ्चित

बागलुङ : बागलुङमा २० हजार भन्दा बढी उपभोक्ता अझै पनि खानेपानी सेवाबाट वञ्चित भएको पाइएको छ । पछिल्लो तथ्याकं अनुसार जिल्लाको कुल जनसंख्याको ९२.२२ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार २ लाख ४७ हजार ८ सय ६८ जनसंख्या मध्ये २० हजार ७ सय ४५ अर्थात ७ दशमलव ७२ प्रतिशतमा नागरिक खानेपानीको आधारभूत सुविधाबाट वञ्चित भएका छन् । उच्च पहाडी र सुख्खा ठाउँहरुका बस्तीमा खानेपानीको अभावका कारण सर्वसाधारण आधारभूत तहको खानेपानीबाट वञ्चित भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर जनकराज गौडेलले जानकारी दिए । जिल्लामा अधिकांश ठाउँमा खानेपानी योजना र पाइपमार्फत् खानेपानी वितरण गरिएको छ । परम्परागत खोल्सा, कु्वा र तलाउको पानी पिउनुपर्ने वाध्यता हटेर अहिले नागरिकहरुले धाराको पानी पिउन थालेको कार्यालयका इन्जिनियर गौडेलले जानकारी बताए ।

चालु आर्थिक वर्षमा उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी कार्यक्रम अन्तर्गत जिल्लामा साना ठूला ७२ वटा खानेपानी योजना सञ्चालनमा छन् । खानेपानी आयोजना मध्ये कालिका मन्दिर, चौराह दुदिलाभाटी, कँुडुले र बुर्तिवाङ १ र २ गरी ४ वटा लिफ्ट खानेपानी योजना सञ्चालन भइरहेका छन् ।

कुवा र पँधेराको पानीमा निर्भर रहेकाहरुलाई वर्षातको समयमा भन्दा हिउँदको समयमा निकै समस्या हुने गरेको छ । लामो समय कुवाको पानीका लागि लाइनमा बस्नु पर्ने र एक गाग्री पानी भर्न समेत घण्टौं बिताउनु पर्ने समस्या रहेको कार्यालय बताउँछ । राज्यले खानेपानीको क्षेत्रमा ठूलो लगानी गरेको भएपनि ठूला योजनाहरु निर्माण र व्यवस्थापन गर्न नसकेका कारण अझैपनि सर्वसाधारणले आधारभूत तहको पानी समेत नपाएका हुन् । ‘खानेपानीको ठूला योजना बनाएर काम अघि बढाइन्छ तर बजेट कम आउने गरेको छ’ गौंडेलले भने– ‘२०५६ सालमा सुरु भएका योजना अझै चलिरहेका छन, यो तरिकाले कसरी उपभोक्ताले समयमा पानी पाउँछन् ।’

शुद्धीकरण गरिएको पानी खानेको संख्या शून्य रहेको जिल्लामा आधारभूत तहको पानी नपाउने संख्या घटाउन समेत निकै कठिन छ । ‘सुख्खा र उच्च पहाडमा रहेका बस्तीमा पानीका मुहान छैनन्’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले भने, ‘लिफ्टिङ् पद्धतिका ठूला योजना सञ्चालन गरेर मात्रै पानी पुर्‍याउन सकिन्छ ।’

जिल्लाको साविकको सुखौरा गाविसमा खानेपानीको चरम समस्या छ । साविकको धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजार क्षेत्रमा पनि खानेपानीको समस्या छ,’ डिभिजन प्रमुख केसीले भने, ‘दुई वर्ष भित्रमा बजारमा ट्यांकरको पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने योजना हामीले अघि बढाएका छांै ।’ जिल्लाका आधारभूत खानेपानी सेवाबाट वञ्चित क्षेत्रमा पनि विशेष लिफ्टिङ योजना सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.