कृषक र उपभोक्ताको हित हुनेगरी काम गर्न आग्रह
ललितपुर : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कृषक र उपभोक्ताको हित हुने गरी काम गर्न आग्रह गरेका छन् । जिल्ला कृषि सहकारी संघ लि ललितपुरको कार्यालय उद्घाटन गर्ने क्रममा कृषक र उपभोक्ताको हित हुने खाले कार्यक्रम ल्याउन सुझाव दिए। ललितपुर जिल्ला आधा शहरी र आधा ग्रामीण क्षेत्र भएको जिल्लामा सहकारीमार्फत कृषि उत्पादनमा विशेष जोड दिनुपर्ने उनको भनाई थियो । कृषि सहकारीको ठूलो सम्भावना रहेकोले यहाँका कृषक र उपभोक्ताको हित हुने गरी संघले काम गर्न सक्ने बडालको भनाई थियो।
कार्यक्रममा कृषि जिल्ला सहकारी संघका अध्यक्ष ओमदेवी मल्लले यस संघमार्फत ललितपुर जिल्लाका कृषकहरूलाई व्यवसायिक बनाउन जोड दिइने बताइन्। कृषकको जीवन स्तर माथि उठाउन कृषि संघले उल्लेख्य भूमिका खेल्ने उनको भनाई थियो । सबल संघका रूपमा स्थापित गर्न आफ्नो टिम लागि पर्ने उनले प्रतिवद्वता व्यक्त गरिन्।
कार्यक्रममा राषट्रिय सहकारी महासंघका सञ्चालकहरू माधव दुलाल, सुरेन्द्र भण्डारी, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पख्रेल, बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती लगायतको उपस्थिति थियो ।