मेयरको उद्घाटन कार्यक्रम रिपोर्टिङ गर्न गएका पत्रकार कान्लाबाट खसेपछि ...

मेयरको उद्घाटन कार्यक्रम रिपोर्टिङ गर्न गएका पत्रकार कान्लाबाट खसेपछि  ...

पोखरा : पोखराको फिर्के खोलामा शुक्रबार फुट ट्रयाक निमार्णका लागि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्काभेटरले माटो खनेर उद्घाटन गर्दै गर्दा स्काभेटरले रेलिङसहित पर्खाल भत्काउँदा ५ जना घाइते भएका छन् । 

मेयर जिसीले उद्घाटन गर्दै गरेको फोटो खिच्दै गरेका पत्रकार र स्थानीयलाई स्काभेटरले रेलिङसहित मान्छे सोरेर खोलाको किनारमा पुर्‍याएको हो । दुर्घट्नामा पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पत्रकार रंञ्जन अधिकारी, रेडियो अन्नपूर्णका संवाददाता सन्देश श्रेष्ठ, प्रगति आमा समूहकी गौरी पौडेललगायत ५ जना घाइते भएका हुन् ।

घाइते गौरी पौडेलको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । पत्रकार अधिकारी उपचारपछि घर फर्केका छन् ।  अन्य ३ जना भने सामान्य घाइते भएका हुन् । 

यसअघि फुट ट्रयाकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्राकृतिक स्रोत र साधनको संरक्षण सँगै विकास गर्ने उद्देश्यले फिर्के खोला र बुलौदी खोलाको दुवै किनारमा ५ /५ मिटर दायाँ बायाँ फुटपाथ बनाउने कार्य सुरु भएको घोषणा गरेका थिए ।

फिड्के खोला र बुलौदी खोलाको कुल ६ किलोमिटर क्षेत्रको दायाँ बायाँ सरकारी, विभिन्न संघसंस्था र निजी गरी २ सय ११ संरचना रहेको मेयर जिसीले बताए । मापदण्ड विपरितका संरचना भत्काएर पोखरालाई दिर्घकालीन रुपमा विकास गर्न योजना अघि बढेको उनले सुनाए । 

पैदल मार्ग निर्माण कार्य पोखराको सिदार्थ चोकदेखि सुरु भएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को अयोजनामा भएको पहिलो चरणमा ३ सय मिटर हुने पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताए । पहिलो चरणमा १ करोड ७२ लाखमा तीन सय मिटर पैदलमार्ग बन्न लागेको हो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.