दुर्गन्धित बन्दै जुम्ला सदरमुकाम

दुर्गन्धित बन्दै जुम्ला सदरमुकाम

जुम्ला : जुम्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा जनघनत्व बढेसँगै दिन प्रतिदिन फोहोर पनि बढ्दै गएको छ।बजार क्षेत्रमा जथाभावी फोहोर फालिदिने गलत संस्कारले सदरमुकाम दुर्गन्धित बन्दै गएको हो।

सदरमुकाम दुर्गन्धित बन्दै गएपछि न्यूनिकरणका जिल्लामा कार्यक्रम गरिएको छ।नगरपालिकाको वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनसम्बन्धि सरोकारवालाको भूमिका, असर र चुनौतिका विषयमा बिहीबार जिल्लामा कार्यक्रम गरिएको हो।

छलफलपछि सहभागीले नगरपालिकालाई सफा, सुन्दर र स्वस्थ बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। व्यवसायीले व्यवसायबाट उत्पादित फोहोर सार्वजनिक ठाउँ तथा सडकको पेटीमै फाल्छन्।बटुवाले बजार क्षेत्रमा जताततै दिशा पिसाप गर्ने, सडकमै फोहोर फालिदिनाले पनि फोहोर बढेको हो।

सदरमुकामभित्र फोहोर बढ्दै जानुमा होटल व्यवसायी, तरकारी पसल र फेन्सी पसलहरु मुख्य दोषी भएको स्थानीय बताउँछन्।त्यस्तै प्लास्टीकको प्रयोग बढ्दै जानु, ढल निकासको व्यवस्था नहुनु अर्को समस्या देखिएको छ।

विशेषगरी राति र बिहानको समयमा जुवाड खेलामा शिशा तथा सडेगलेका फोहोर फाल्दा खोला  दुर्गन्धित भएको छ।चन्दननाथ नगरपालिका जुम्लाले फोहोर व्यवस्थापन गरेपनि व्यवस्थित बनाउन सकेको छैन्।      

वर्षौदेखि डम्पीङसाइडको व्यवस्थापनमा तल्लीन नगरपालिकाले फोहोर न्यूनिकरणमा खासै ध्यान दिन सकेको छैन।चन्दननाथ मावि खलंगाका प्रधानाध्यापक टंक महतले भने, 'म सानो छँदा यही विद्यालयमा पढेर हुर्किए। टिफिनको समयमा विद्यालयको छेउमै बग्ने जुगाडखोलामा गएर झोलामा बोकेको रोटी खाँदै खोलाको कञ्चन पानी पिउँथे।' उनले थपे,' तर अहिले यो खोला फोहोरले गन्हाउने भएको छ। अहिले मुख छोपेर हिड्ने अवस्था छ।'

बेलैमा सरसफाई नगरे यसैबाट सरुवा रोग फैलन बेर नहुने उनको भनाइ छ। हरेक सार्वजनिक संघसंस्थाबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्नुपर्ने भन्दै फोहोर व्यस्थापन नगर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने अधिवत्ता पदमबहादुर शाहिले बताए।   

बढ्दै गएको सहरीकरणले फोहोरमैला व्यवस्थापन गर्न असहज हुने भएकाले दीर्गकालिन योजना बनाएर अघि बढ्नुपर्ने उनले सुझाब दिए। प्लास्टीकको अत्यधिक प्रयोगसँगै छाडा पर्चा पम्प्लेटले सार्वजनिक स्थानमा फोहोर बढेको अर्का अधिवत्ता पदम श्रेष्ठले  बताए। उनले भने, 'जबसम्म मानिसको सोच, काम गर्ने शैली, व्यवहारमा परिवर्तन हुँदैन तबसम्म फोहोर बढ्दै जान्छ।'

नगरपालिकाकी मेयर कान्तीका सेजुवालले नगरपालिका गुरु योजना निर्माणको अन्तिम चरणमा भएकाले अब त्यसकै आधारमा सदरमुकामको फोहोर पुरै व्यवस्थापन हुने बताइन्।'हामी डम्पीङ साइडको तत्काल व्यवस्थापन गर्ने तयारीमा छौं।बजारमा जथाभावी फोहोर फालेर सास्ती दिएका छन्।अब जथाभावी फोहोर फाल्नेहरुलाई पहिलो चरणमा राम्रोसँग सम्झाउँछौं, नमाने कानुनी कारवाही थाल्छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.