चरा मोह
वसन्तमा चराचुरुंगी वनपाखामा गुड बनाउँछन् र बच्चा कोरल्छन्।
जताततै हरियाली यो वर्षायाममा बालबालिका चराका गुँड खोज्दै वनपाखा डुल्छन्। उनीहरू ससाना बचेरा बोक्दै हिँडेका भेटिन्छन्। सुगा र सारौंका ‘गोपीकृष्ण बोल’ को मीठो स्वर सुनेका बालसुलभ मनमा चरा मोह जाग्नु अस्वाभाविक होइन।
बढ्दो सहरीकरण र गाउँबस्ती विस्तारले वनपाखा साँघुरिएका छन्। हिजोआज जंगली जनावर सहर पस्न थालेका छन् भने मानिसहरू हाइकिङ, ट्रेकिङ र जंगल सफारीको बहाना बनाएर जंगल फर्किरहेका छन्।
दिनानुदिन प्रकृतिमाथि बढ्दो हस्तक्षेपले इकोसिस्टम भत्किँदैछ। जंगली जीवमाथिको यो हस्तक्षेपले मान्छेमा मानवता हराइरहेको छ भने भन्न सकिन्न– कुनै समय मानव जीवन नै संकटमा त पर्दैन ?