तीन विद्युुत् आयोजना अन्तिम चरणमा
फिदिम : पाँचथरको विभिन्न खोलामा निर्माणाधीन तीनवटा जलविद्युुत् आयोजनाको काम अन्तिम चरणमा पुुगेको छ । काबेली बी वान, इवाखोला र तल्लो हेवाखोला जलविद्युुत् आयोजनाको काम तीन महिनाभित्रमा पूरा हुुने भएको हो । ती जलविद्युुत् आयोजनाको काम पूरा भएपछि ५७.१ मेगावाट बिजुुली उत्पादन हुुनेछ ।
पाँचथर र ताप्लेजुुङको सिमानामा बग्ने काबेली नदीमा निर्माणाधीन काबेली बी वान (२५ मेगावाट) जलविद्युुत् आयोजनाको काम आन्तिम चरणमा पुुगेको छ । ९८ प्रतिशत काम पूरा भएको आयोजनाका सिभिल हाइड्रोपावर इन्जिनियर माधव भुुर्तेलले जानकारी दिए । ‘अधिकांश काम सकिएको छ’, भुुर्तेलले भने, ‘असार अन्तिमसम्म ड्राइ टेस्ट गर्ने तयारीमा छौं ।’ १५ दिनसम्म ड्राइ टेस्ट गरिने बताइएको छ । चार अर्बको लगानीमा यो आयोजना निर्माण गरिएको हो । ७० प्रतिशत लगानी बैंकहरूले गरेका छन् भने ३० प्रतिशत लगानी विभिन्न व्यक्तिको छ ।
फिदिमको हेवा खोलामा निर्माणाधीन तल्लो हेवाखोला (२२.२ मेगावाट) जलविद्युुत् आयोजनाको काम पनि अन्तिम चरणमा पुुगेको हो । अबको तीन महिनाभित्र सबै काम सम्पन्न हुुने आयोजनाका प्रोजेक्ट म्यानेजर गणेश सुुब्बाले जानकारी दिए । माउन्टेन हाइड्रो प्रालिले निर्माण गरेको यो आयोजनाको ९७ प्रतिशत काम पूरा भएको हो । ‘दसैं अगावै आयोजनाबाट बिजुुली उत्पादन हुुन्छ’, सुुब्बाले भने, ‘आयोजनाको सबै काम सकिन लागेको हो ।’ तीन अर्ब ६६ करोडको लागतमा यो आयोजना निर्माण गरिएको हो । आयोजना निर्माणका लागि ७० प्रतिशत लगानी प्राइम बैंक काठमाडौंको र ३० प्रतिशत लगानी विभिन्न व्यक्तिको छ ।
पाँचथर र ताप्लेजुुङको सीमाक्षेत्रमा बग्ने इवाखोला (९.९ मेगावाट) जलविद्युुत् आयोजनाको काम पनि अन्तिम चरणमा पुुगेको हो । रैराङ हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यो आयोजनाको काम असार महिनाभित्र सम्पन्न हुुने भएको छ । साउन महिनाको पहिलो हप्ता आयोजनाले परीक्षण उत्पादन गर्ने रैराङ हाइड्रोपावर लिमिटेडका सञ्चालक कुुवेरमणि नेपालले जानकारी दिए । ‘९८ प्रतिशत काम सकिएको छ’, नेपालले भने, ‘पावरहाउसमा मेसिन जडानको काम मात्र बाँकी हो । आयोजना निर्माणका अन्य कामहरू सकिएको छ ।’ एक अर्ब ६० करोडको लगानीबाट आयोजना निर्माण गरिएको हो ।
तीन महिनाभित्रमा तीन आयोजनाबाट करिब ६० मेगावाट बिजुुली उत्पादन हुुने भए पनि व्यावसायिक उत्पादन भने तत्काल नगर्ने भएका छन् । उत्पादन गरेको बिजुुली मुुलुुकको विद्युुत् प्रणालीमा जोड्न नसकिने भएपछि व्यावसायिक उत्पादनका लागि केही समय कुुनुुपर्नै भएको हो । काबेली करिडोरअन्तर्गतको १३२ केभीए विद्युत् प्रशारण लाइन निर्माणको काम समयमा नसकिएकाले विद्युुत् आयोजनाले व्यावसायिक रूपमा बिजुुली उत्पादन गर्न केही समय कुुनुुपर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस !