रूप फेर्दै रूपाताल

रूप फेर्दै रूपाताल

पोखरा : कास्कीको तेस्रो ठूलो रुपा तालको संरक्षण गर्न बाँध निमार्ण र ताल विस्तारको प्रक्रिया अघि बढेको छ । ४ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ लागतमा ताल संरक्षणको काम अघि बढेको हो । कास्कीका सबै तालमा बाँध निर्माण भए पनि रुपाताल बाँधविहीन थियो । ०३२ सालको सर्भेमा जैविक विविधताले धनी रुपातालको पानीको भाग १ सय ३५ हेक्टर क्षेत्रफलमा फैलिएको थियो । तालबेसी खोलालगायत रुपातालको पानीको मुुुुुुुुख्य स्रोत हुुुुुुुुँदै बगेर आउने गेग्रयानले ताल परिँदै जाँदा पानीको क्षेत्रफल घटेर १ सय ७ हेक्टरमा खुुुुुुुुम्चिएको छ ।

सरकारले रुपाताल संरक्षण गर्न तालमा बाँध बाँधनेलगायत संरक्षणको काम चैतको अन्तिम साताबाट अघि बढाइकाले तालको रुप फेरिने भएको हो । यसका लागि डीपीआर तयार भइसकेको पहिलो चरणमा ताल पुुुुुुुुरिने क्रम रोक्न तालको मुुुुुुुुहानमा थिग्रयान सेन्टर निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको रुपाताल संरक्षण एकीकृत विकास परियोजना प्रमुुुुुुुुख रामप्रसाद अर्यालले जानकारी दिए ।

तालको मुुुुुुुुहान उत्तर तर्फका ज्यामिरे र लिप्यानीबाट आउने खोलाको दुुुुुुुुबैतर्फ ७ सय मिटर तटबन्ध बनाउने काम अन्तिम चरणमा पुुुुुुुुगेको उनले सुुुुुुुुनाए । अहिले आयोजनाले पहिलो चरणमा १० करोड रुपैयाँको लागतमा ताल संरक्षणको काम भइरहेको हो । यसैगरी पहिलो चरणमा बाँध निर्माण गर्ने मुुुुुुुुख्य क्षेत्रको जग्गा अधिग्रहणको काम पनि अघि बढेको रुपाताल संरक्षण एकीकृत विकास परियोजना प्रमुुुुुुुुख अर्यालले बताए । यसका लागि छिट्टै सरकारले २५ करोड रुपैयाँ निकासा गर्ने भएको छ ।

कास्कीका प्रमुुुुुुुुख जिल्ला अधिकारीको संयोजकत्वमा जनप्रतिनिधि, सम्बन्धित सरकारी कार्यालयका प्रमुुुुुुुुख, स्थानीयको सहभागितामा मुुुुुुुुआब्जा निर्धारण समितिका बैठक बस्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीले ७ सय ७४ रोपनी जग्गा अधिग्रहण गर्न यसअघि नै सूचना प्रकाशन गरेको थियो । त्योभन्दा अघि ताललाई चाहिने ६ सय ९८ रोपनी जग्गा अधिग्रहणका लागि पनि सूचना प्रकाशन गरी प्रक्रिया अघि बढेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.