पानी नपर्दा किसान चिन्तित

पानी नपर्दा किसान चिन्तित

तम्घास  : धान रोप्ने समयमा पानी नपरेपछि गुुल्मीका किसान निराश बनेका छन् । पानी नपर्दा ब्याडमा तयार भएको बीउ सुुक्न थालेको छ । गत वर्ष यही समयमा गुल्मीमा ७० प्रतिशतसम्म रोपाइँ सकिएको थियो ।

‘असारे मासको दवदवे हिलो छुुनलाई घिन लाग्यो’ लगायत असारे गीत गाउँदै रोपाइँमा जुुट्ने किसानलाई अहिले आकाश हेरेर दिन बिताउनु परेको छ । मालिका गाउँपालिका–५ की सावित्रा थापा ब्याडको बीउ गोड्दै आकाशको पानी पर्खिरहेको बताउँछिन् । ‘खेत रोप्न आकाशकै पानीको भर पर्नुु पर्छ’, उनले भनिन्, ‘चार÷पाँच दिन भयो सुुक्खा मौसम छ ।’ उनलाई असारमा पानी नपरे खेत बाँझै रहने चिन्ताले सताएको छ ।

पहाडी क्षेत्रका किसानको धान खेती आकाशे पानीकै भरमा हुुन्छ । आकाशे पानीले खेत भरिएपछि मात्रै हलगोरु लिएर किसान खेतमा पस्छन् । किसानलाई ब्याडको बीउ सुुक्ने हो कि भन्ने चिन्ता छ ।

इस्मा गाउँपालिका–५ का बोमबहादुुर कुुमाल पनि हलो, जुुवा र गोरु लिएर बिहानैदेखि खेतमै रहेको बताए । आकाशबाट पानी पर्ला कि भन्दै किसानले दिन बिताउन थालेका छन् । ‘वर्षभरी खाने अन्न उब्जाउने समय हो’, उनले भने, ‘पानी परेको छैन । सुुक्खा खेतमा जोतेर के गर्नुु ? ’ विगत वर्षमा जेठमै पानी पर्ने र खेत रोपाइँ गरेर सकिने भए पनि यस वर्ष असार लाग्दासमेत पानी नपर्दा धान उत्पादन राम्रो नहुुने उनको भनाइ छ ।

जिल्लाका धेरै ठाउँमा जेठको अन्तिम साता र असारको पहिलो हप्तातिरै किसानले खेत रोपाइँ गरेर सकी सक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कतिपय स्थानमा भने चैतमा रोपेको धान असारको पहिलो हप्तातिर काट्ने र सोही ठाउँमा पुुनः असारे धान रोपाइँ हुुन्छ । तर यो वर्ष भने अधिकांश स्थानमा किसानले रोपाइँ गर्न सकेका छैनन् ।

जिल्लाका शान्तिपुुर, खैरेनी, छल्दी पनाह, चौरासीलगायत ठाउँहरू धान उत्पादनका लागि पकेट क्षेत्र हुन् । उक्त ठाउँमा चैत र असार दुुवै महिनामा धान रोपाइँ गर्छन् । धुुर्कोट, मदाने, मालिका, इस्मा, अर्खले, रुरुलगायत स्थानमा असारमै रोपाइँ हुन्छ । मुुहानहरू सुुक्दै गएको र कुुलोमा आउने पानी पनि कम भएकाले धानखेती मारमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.